संकट भन्नाले सामान्यतया कुनै पनि संक्रमणका कारण सृजित भयावह अवस्थालाई बुझिन्छ । अर्थात् कुनै खास प्रकाेपका कारण सृजित कठिन परिस्थिती संकट हाे । अवस्था संकटग्रस्तहुँदा सम्वन्धित निकायबाट संकटकालकाे घाेषणा गरी सम्पूर्ण ध्यान उक्त भयावहकाे निराकरणमा केन्द्रित गरिन्छ ।
विश्वमा नियाल्दा संकटकाललाई विशेषगरी देशकाे सुरक्षा अवस्थामा गंभिर संकटमा परेकाे वेला वा प्राकृतिक विपत्तिका समयमा जनधनकाे क्षति न्यूनिकरण गर्दै जनजीवनलाई सामान्यमा फर्काउनका लागि प्रयाेगमा ल्याउने गरेकाे पाइन्छ । संकटग्रस्त अवस्थालाई सामान्य बनाउन सवैकाे साथ सहयाेग र सहकार्य अपरिहार्य हुन्छ ।
विशेषगरी शिक्षा मार्फत सचेतना र सजगताकाे माध्यमबाट संकट न्यूनिकरण गर्नका लागि सहज हुने गर्दछ । तर यदि देशकाे शिक्षा क्षेत्र नै संकटग्रस्त अवस्थाबाट गुज्रिरहेकाे परिवेशमा संकट व्यवस्थापन असहज बन्ने गर्दछ ।
शिक्षा देश विकासकाे संवाहक हाे । यसले देशकाे समुन्नतिका लागि आवश्यक पर्ने नैतिकवान् चरित्रवान् निष्ठावान् लगनशिल दक्ष जनशक्ति उत्पादन गर्नु पर्दछ । दक्षता प्रभावकारी सिकाइमा निर्भर हुन्छ । यदि हरेक तहमा प्राप्त गर्नु पर्ने सिकाइ उपलब्धीहरु सिकारुकाे पहुँचमा पुग्न सकेमा सिकाइ अर्थपूर्ण हुन्छ र सिकारुले दक्षता प्राप्त गर्दछन् । दक्षताले कार्य सम्पादनमा सक्षमता ल्याउँदछ । फलस्वरुप उदेश्य अनुरुपकाे दक्ष जनशक्ति उत्पादन भइ उनीहरुबाट अपेक्षाकृत कार्य कुशलतापूर्वक सम्पन्न हुने गर्दछ । तर याे अवस्था भएन भने के हाेला ? देशमा उत्पादित जनशक्तिबाट अपेक्षाकृत कार्य सम्पादन हुन नसक्दा कस्ताे अवस्था सृजित हाेला ?
अपेक्षाकृत याेग्य जनशक्ति उत्पादनका लागि हरेक तहकाे शिक्षा सवल र प्रभावकारी हुनु जरुरी छ । अझ भनाैं विद्यालय तह शिक्षाकाे जग हाे । जग बलियाे भयाे भने बन्ने भाैतिक संरचना बलियाे हुने गर्दछ । तसर्थ विद्यालय तहकाे शिक्षा सवल प्रभावकारी र गुणस्तरीय बनाउनु आवश्यक छ । विद्यालय तहमा अब्बल सिकाइ उपलब्धी कायम गर्न सके निसंदेह उच्च तहकाे शिक्षा उपलब्धिमूलक हुनेछ ।
नेपालमा विद्यालयीय शिक्षा दुई किसिमका विद्यालयबाट संचालन हुँदै आइरहेकाे छ । एउटा राज्यबाट सम्पूर्ण लगानी गरिएका सामुदायिक विद्यालय र अर्काे नीजि लगानी कम्पनी वा सार्वजनिक गुठी बाट संचालित विद्यालय । दुवै किसिमका विद्यालयहरुकाे सिकाइ उपलब्धीकाे लेखाजाेखा गर्दा सामुदायिक विद्यालयकाे तुलनामा संस्थागत विद्यालयहरु केहि माथि भए पनि समग्रतामा हेर्दा नेपालकाे विद्यालयकाे अवस्था संताेशप्रद नभएकाे कुरा नकार्न सकिन्न । अझ सामुदायिक विद्यालयकाे शैक्षिक अवस्था त संकटग्रस्त नै छ । यी विद्यालयहरुकाे प्रमुख समस्या भनेकाे मेराे विचारमा सिकाइ संकट नै हाे जसलाइ अंग्रेजीमा Learning Crisis भनिन्छ ।
यदि कुनै तहमा सिक्नु पर्ने आधारभूत कुरा कुनै सिकारुले सिक्न नसकेका कारण सिकाइ उपलब्धी कमजाेर हुन्छ वा बन्छ भने त्यसलाई सिकाइ संकट भनिन्छ । अर्काे शव्दमा सिकाइका लागि आवश्यक पर्ने आधारभूत ज्ञान Basic Knowledge काे अभावमा सिकाइ हुँदैन भने त्याे सिकाइ संकट हाे । सिकाइका लागि पूर्वज्ञानले महत्वपूर्ण भूमिका निर्वाह गर्दछ । यसकाे अभावमा सिकाइ नहुनु संकट हाे । यसलाइ शैक्षिक क्षेत्रकाे भयावह अवस्था मान्नु पर्दछ । यस्ताे अवस्था विशेषगरी तल्लाे कक्षामा पूरा गर्नु पर्ने सिकाइ उपलब्धी पूरा नगरी उपल्लाे कक्षामा कक्षाेन्नति भएकाे अवस्थामा देखिने गर्दछ ।
नेपालमा कक्षा १ देखि कक्षा ७ सम्म निरन्तर मूल्याङ्कन पद्दति लागू गरी साेहि कक्षा सम्म उदारकक्षाेन्नति लागू गरिएकाे छ । निरन्तर मूल्याङ्कनले पुन शिक्षण मार्फत सिकाइकाे सुनिश्चितता गर्दछ । तर हरेक कक्षामा सिकाइ संकट छ । यसबाट के आशंका हुन्छ भने कतै निरन्तर मूल्याङ्कन पद्दतिकाे कार्यान्वयन राम्ररी गर्न नसकेका कारण सिकाइ संकट निम्तिएकाे पाे हाे कि । विद्यालय तहका सवै कक्षाहरुमा र विशेषगरी अंग्रेजी गणित र विज्ञान विषयमा याे अवस्था विद्यमान छ ।
सिकाइ संकट एक गम्भिर अवस्था हाे । यसले देशकाे भविश्यलाइ नै असर पुर्याउँदछ । तर यसकाे समाधान नै नहुने भने हाेइन । संकट आफैंमा एक विपत्ति हाे । जव कुनै प्रकृतिक विपत्तिमा हामी सवै एकजुट भएर दिलाे ज्यान दिएर त्यसकाे सामना गर्दछाैं ठिक त्यसरी नै शैक्षिक संकट न्यूनीकरणका लागि सवै सराेकारवाला एकजुट भएर लाग्नु पर्दछ । विभिन्न तह कक्षा तथा विषयहरुमा देखा परेका संकटलाइ शिक्षासँग सम्वद्ध अधिकारी विद्यालय प्रशासक विद्यालय व्यवस्थापन शिक्षक तथा अभिभावक सवै मिलेर यसकाे समाधान काे ठाेस याेजना निर्माण गरी तत्काल कार्यान्वयन गर्नु पर्दछ । संघियता बमाेजिम विद्यालयीय शिक्षा स्थानिय सरकारकाे मातहतमा रहेकाे हुँदा स्थानिय सरकारका प्रतिनिधीहरु याे विषयमा बढि संवेदनशील हुनु जरुरी देखिन्छ ।
गाेविन्द भट्टराई
शिक्षक
हाेमराज लाेहनी शारदा शिक्षा सदन माध्यमिक विद्यालय
भानु २ नारेश्वरटार तनहुँ ।
Post a Comment