शैक्षिक सुधारमा समर्पित व्लग

 


सिकाइ उपलब्धी सुदृढिकरणका लागि निरन्तर मूल्याङ्कन

 


अपेक्षित उपलव्धी के कति प्राप्त भयाे  भनेर लेखाजाेखा गर्ने कार्य मूल्याङ्कन हाे । अझ भनाैं कुनै पनि कार्य कसरी अगाडी वढ्दै गइरहेकाे छ ठीक या वेठिक कस्ताे अवस्थामा छ राम्रै छ या सुधार नगरी नहुने अवस्थाबाट गुज्रे काे छ भनेर स्तर सुधारलाई केन्द्रमा राखि गरिने कार्य मूल्याङ्कन हाे । जीवन भाेगाइका क्रममा संचालन हुने जुनसुकै कार्यमा मूल्याङ्कनकाे आवश्यकता पर्दछ र निरन्तर प्रयाेग गरिँदै आएकाे छ । मूल्याङ्कनकाे उदेश्य संचालित कार्यबाट उच्चतम् उपलव्धी प्राप्त गर्नु नै हाे ।

उद्देश्यका आधारमा मूल्याङ्कन विभिन्न प्रकारका हुन्छन् । यदि कुनै कार्यकाे समाप्ति पछि के कति उपलव्धी हाँसिल भयाे भनि लेखाजाेखा गरी एउटा निश्चित निर्णय लिनका लागि मूल्याङ्कनकाे प्रयाेग गरिन्छ भने त्याे निर्णयात्मक मूल्याङ्कन हाे जसकाे काम प्रमाणिकरण गर्नु हुन्छ । यदि कुनै मूल्याङ्कनले कार्यका दाैरान सवल तथा सुधार गर्नु पर्ने पक्षहरुकाे लेखाजाेखा गर्दै निरन्तर सुधारका लागि मार्गप्रशस्त गर्छ भने त्याे निर्माणात्मक मूल्याङ्कन हाे जसकाे कार्य निरन्तर कुनै कार्यमा निखारता ल्याउनका लागि प्रयत्नशील हुनु हाे । त्यस्तै गरेर मूल्याङ्कनले कार्यका क्रममा कुनै निश्चित कठिनाइमा केन्द्रित भइ त्यसकाे न्यूनीकरणका लागि कार्य गर्दछ भने त्याे निदानात्मक वा उपचारात्मक मूल्याङ्कन हुन आउँछ । यदि कुनै मूल्याङ्कन कार्य प्रारम्भ भए देखि नै अपेक्षित उपलव्धी हासिल गराउनका लागि निरन्तर रुपमा कार्यकाे समाप्ति सम्म नै अनेकन सम्भावित विकल्पहरुकाे खाेजी गरी सुधारका लागि प्रयाेग भइरहन्छ भने त्यस्ताे मूल्याङ्कनलाई निरन्तर मूल्याङ्कन भनिन्छ । र सिकाइका लागि नभइ नहुने मूल्याङ्कन यहि नै हाे ।

मूल्याङ्कन शिक्षणकाे एक अभिन्न अंङ्ग हाे । जसरी एउटा कृषकले आफ्नाे अन्नबाली उत्पादनका क्रममा निरन्तर त्यसकाे हेरचाह गाेडमेल मलजल आदिकाे कार्य गर्दछन् ठिक त्यसरी नै शिक्षणमा देखापरेका जटिलतालाई निरुत्साहित गरी शिक्षणमा निखारता ल्याइ शैक्षिक उपलब्धीलाई विद्यार्थीकाे पहुँच सम्म पुर्याउनका लागि शिक्षकले मूल्याङ्कनलाइ निरन्तर प्रयाेग गर्नु पर्दछ । शिक्षण सिकाइ कृयाकलापमा नयाँ नयाँ उपयहरुकाे खाेजी गरी शिक्षणलाइ सहज सरल र प्रभावकारी बनाउनका लागि प्रत्येक शिक्षक क्रियाशील रहनु पर्दछ ।

शिक्षा मानव विकास र सभ्यताकाे आधार हाे  भने विद्यालयीय शिक्षा यसकाे जग हाे । जग बलियाे भए घर बलियाे भए झै विद्यालयीय शिक्षा उदेश्याेन्मुख र जीवनाेपयाेगी भयाे भने र यसले अपेक्षा गरेका उपलब्धीहरु प्राप्त भए भने उपल्लाे तहकाे शिक्षाका लागि टेवा पुग्दछ । सिकाइकाे कार्य शिक्षणका ताैरतरिकामा भर पर्दछ । तसर्थ शिक्षणका दाैरान निरन्तर यसकाे मूल्याङ्कन गरी निरन्तर सुुधारका लागि विकल्पहरुकाे खाेजि गरी शिक्षणलाइ प्रभावकारी बनाउनु पर्दछ । 

नेपालकाे सन्दर्भमा आधारभूत तह सम्म निरन्तर मूल्याङ्कन पद्दति लागू गरिएकाे अवस्था छ । कक्षा १ देखि ३ सम्म १०० प्रतिशत कक्षा ४ र ५ मा ५० प्रतिशत र कक्षा ६ र ७ मा ४० प्रतिशत निरन्तर मूल्याङ्कनलाई आधार बनाइएकाे छ । यहि निरन्तर मूल्याङ्कनकाे वेसमा उदारकक्षाेन्नतीकाे अवधारणा लागू भएकाे छ । नेपालकाे संविधानमा व्यवस्था भए बमाेजिम आधारभूत तह सम्मकाे शिक्षा अनिवार्य कार्यान्वयनका लागि याे व्यवस्था उपयुक्त नै हाेला । यदि निरन्तर मूल्याङ्कनलाइ राम्ररी प्रयाेगमा ल्याउन सके कुनै पनि विद्याथीृ फेल हुने अवस्था आउँदैन किनभने यसले पुन शिक्षणकाे सुनिश्चितता गर्दछ । यदि कुनै विद्यार्थीले अपेक्षित उपलब्धी प्राप्त गर्न नसकेमा नीजलाई पुन शिक्षण गरी उपलब्धीलाइ निश्चित गर्ने काम निरन्तर मूल्याङ्कनले गर्दछ । यस बाट के स्पष्ट हुन्छ भने सवै विद्यार्थीहरुले अपेक्षित उपलब्धी प्राप्त गर्दछन् र उपल्लाे कक्षामा कक्षाेन्नती हुन्छ ।

आधरभूत तहमा अनिवार्यरुपमा निरन्तर मल्याङ्कन पद्दती लागू भै सकेकाे अवस्थामा सिकाइ उपलब्धी श‌ंताेसप्रद हुनु पर्ने हाे । तर सिकाइ स्तर खच्कदाे छ । अव प्रश्न उठ्छ आखिर किन यस्ताे भै रहेकाे छ भनेर ।

सिकाइ उपलब्धी संताेशजनक नहुनुमा सवैभन्दा बढी निरन्तर मूल्याङ्कन पद्दतिकाे प्रयाेगमा भएकाे त्रुटि नै अगाडी आउँदछ । विद्यालयहरुमा निरन्तर मूल्याङ्कन पद्दतिलाइ चुस्त र दुरुस्त पार्न नसक्दा सिकाइ स्तरकाे नियती यस्ताे हुन पुगेकाे यथार्थ लुकाएर नलुक्ने अवस्थामा आइपुगेकाे हाे कि भनेर शंका गर्ने प्रशस्त ठाउँहरु छन् । याे पद्दति अधिकांश विद्यालयहरुमा ‌ओैपचारिकतामा मात्र सिमित हुन पुग्दा सम्पूर्ण शिक्षकहरुकाे कार्य प्रति नै प्रश्न उठ्न थालेकाे छ  । नतिजा प्रकाशनकाे वेला हस्याङ्गफस्याङ्ग  गरी फाइल खडा गर्ने प्रवृत्तिले समग्र पद्दतिमाथि नै प्रश्न उठ्न थालेकाे छ । हाम्राे सिकाइ पद्दति ओैपचारिकतामा अल्झदा सिकाइ उपलब्धीमा नराम्राे असर पर्दै गएकाे छ ।
निरन्तर मूल्याङ्कन लाइ व्यवस्थित गर्ने दायित्व कसकाे हाे ? प्रधानाध्यापक काे? शिक्षककाे या विद्यालय व्यवस्थापनकाे ? यस्ता किसिमका प्रश्न उठ्दा एक अर्काले दाेषाराेपण गर्ने गरेकाे पाइन्छ । कुनै पक्षले पनि जिम्मेवारी लिने गरेकाे पाइदैन । यसकाे कुशलतापूर्वक कार्यान्वयन कसरी गर्न सकिन्छ यसमा सवैकाे ध्यान जानु आवश्यक देखिन्छ ।
विद्यालयका प्रधानाध्यापकले यसकाे कार्यान्वयनका लागि अग्रणी भूमिका निर्वाह गर्नु पर्दछ । प्रत्येक शिक्षकलाइ सकारात्मक अनुशासनमा राखि एक अर्कामा सहकार्य र सहयाेग गर्ने वातावरण निर्माण गरी सिकाइका लागि सकारात्मक वातावरण निर्माणमा प्रधानाध्यापक निरन्तर लाग्नु पर्दछ । आवश्यक स्राेत सामग्री जुटाइ निरन्तर अनुगमन र मूल्याङ्कनका माध्यमबाट उचित पृष्ठपाेषाण प्रदान गरी शिक्षकलाइ प्राेत्साहित गर्ने कार्य विद्यालय प्रशाशन बाट हुनु जरुरी छ ।

शिक्षण शिक्षककाे कार्य हाे र यसकाे जिम्मेवारी स्वयं शिक्षकले लिनु पर्दछ । आफ्नाे कार्यकाे निरन्तर मूल्याङ्कनगरी शिक्षणमा निखारता ल्याउने कार्य शिक्षककाे हाे। शिक्षकले नयाँ नयाँ विधि र प्रविधिकाे खाेज तथा अनुसन्धान गर्दै निरन्तर सिकाइका लागि लागिपर्न सके पक्कै पनि अहिलेकाे अवस्थामा सुधार ल्याउने कुरामा हामी सवै विस्वस्त हुन सक्दछाैं । शिक्षण सिकाइका प्रयाेग हुने निरन्तर मूल्याङ्कनलाइ चुस्त र दुरुस्त पारी कार्यान्वयन गर्नु शिक्षककाे प्रमुख दायित्व हाे । यसलाइ आत्मसात गरी शिक्षकले  शिक्षणका लागि चिन्तनशील हुनु पर्दछ । 

अभिभावक विद्यालयका सेवाग्राही हुन् । उनीहरुका नानीबाबुहरुकाे भविष्यकाे रेखा विद्यालयमा काेरिने गर्दछ । तसर्थ विद्यालयका हरेक गतिविधिमा आफ्नाे चासाे र संलग्नता अभिभावकले देखाउनु पर्दछ । विद्यालय तथा शिक्षणमा भएका कमि कमजाेरीहरुलाइ ओैल्याइ सुधाराेन्मुख गराउने दायित्व अभिभावकहरुकाे पनि हुन आउँछ । 
विद्यालयकाे व्यवस्थापकिय जिम्मा पाएकाे विद्यालय व्यवस्थापन समितिले विद्यालय प्रशासन तथा शिक्षकहरुलाइ शैक्षिक कार्यक्रम संचालनमा सदैव टेवा पुर्याउनु पर्दछ । शिक्षक विद्यार्थी र अभिभावक विच सुसम्बन्ध स्थापित गरी विद्यार्थीहितमा काम गर्नका लागि विद्यालय व्यवस्थापन समिति लागि पर्नु पर्दछ । विद्यालयीय आवश्यकत पुरा गर्नका लागि संवेदनशील भएर शैक्षिक गुणस्तर अभिवृद्धिमा विद्यालय व्यवस्थापन अग्रसर हुनु पर्दछ ।
विद्यालयकाे अनुगमन नियमन र नियन्त्रणमा शिक्षक अभिभावक सँघ सदैव सचेत र क्रियाशील हुन जरुरी देखिन्छ । अधिकांश विद्यालयहरुमा शिक्षक अभिभावक सँघलाइ निष्कृय बनाइएकाे अवस्था छ । यसलाइ गतिशील बनाइ सिकाइलाइ निरन्तर शैक्षिक उत्थानका कार्यमा लाग्ने वातावरण निर्माणका लागि सवै लागिपर्नु पर्दछ ।
मूल्याङ्कनलाई विषेशगरी विद्यार्थी प्रयाेजनका लागि मात्र हेरिने गरेकाे पाइन्छ । याे विद्यार्थीकाे लागि मात्र हैन शिक्षकका लागि तथा समस्त विद्यालयसँग समवद्ध सवै निकायका पदाधिकारी र उनीहरुकाे कार्यका लागि पनि प्रयाेग गर्नु पर्दछ । प्रत्येकका कार्यकाे निरन्तर मूल्याङ्कन गरी शिक्षणलाइ सवल र प्रभावकारी बनाउन सकिन्छ ।
शिक्षणमा निखारता कुनै एक पक्षकाे सकृयता र सवलताले मात्र सम्भव छैन । तथापी सिकाइ उपलब्धी खच्कनुमा हामी शिक्षकहरुले नै बढी दाेषा खेप्नु परिरहेकाे छ । याे विषयमा हामी शिक्षकहरुले मनन गरी सिकाइका लागि आफूलाई अब्बल सावित गर्ने दिन आएकाे छ । 
गाेविन्द भट्टराई
शिक्षक 
हाेमराज लाेहनी शारदा शिक्षा सदन माध्यमिक विद्यालय
भानु २ नारेश्वरटार तनहुँ


Post a Comment

[blogger]

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget