गाेविन्द भट्टराइ शिक्षक हाेमराज लाेहनी शारदा शिक्षा सदन माध्यमिक विद्यालय तनहुँ |
शिक्षा परिवर्तनकाे सम्वाहक हाे । सकारात्मक परिवर्तनले विकासलाइ इङ्गीत गर्दछ । मानविय विकासले मानवलाइ सभ्य सक्षम र सम्वृद्ध बनाउन मद्धत गर्दछ । हरेक परिस्थितिमा समायाेजित हुनका लागि मानवलाइ शिक्षाकाे आवश्यकता पर्दछ । तसर्थ मानविय गुणहरु स्वच्छता सत्यता नैतिकता कर्तव्यपरायणता निर्भिकता करुणा इमान्दारिता तथा निष्ठा प्राप्त गर्ने मुख्य आधार शिक्षा हाे र यसका लागि देशकाे शैक्षिक कार्यक्रमकाे व्यवस्थापन चुस्त दुरुस्त हुनु पर्दछ ।
शिक्षाकाे जग भनेकाे विद्यालयीय शिक्षा हाे । सम्विधानत नेपालमा विद्यालयीय शिक्षा अनिवार्य आधारभूत तह सम्म र निशुल्क हुने प्रावधान छ । देशकाे शैक्षिक नीति कार्यान्वयन गर्ने प्रमुख थलाे नै विद्यालय हाे त्यसमा पनि सरकारी सामुदायिक विद्यालयहरु जहाँ राज्यले शिक्षाकाे लागि लगानी गरेकाे छ । सामुदायिक विद्यालयहरुले अपेक्षाकृत उपलब्धी हासिल गराइ अब्बल जनशक्ति उत्पादन गर्नका लागि उपयुक्त हुनु आवश्यक छ । तर सँस्थागत विद्यालयका तुलनामा सरकारी विद्यालयकाे नतीजा सन्ताेशप्रद नभइ रहेकाे अवस्थालाइ यहाँ चिरफार गर्ने प्रयास गरिएकाे छ ।
हुनेखाने ठूलाबडाले प्रायजसाे आफ्ना नानी बाबुहरुलाइ सँस्थागत विद्यालयमा पढाउने गरेका छन् । अझ सहरिया धनाड्य तथा नेताहरुका नानीबाबुहरु त विदेशी विद्यालयहरुमा अध्ययन गर्ने गरेका पनि छन् । मध्यम तथा निम्न वर्गीय नागरिकहरुले पनि जसाेतसाे दुखै भाेगेर भए पनि पछिल्लाे समय आफ्ना नानीबाबुहरुलाइ सँस्थागत विद्यालयमा नै पठाउने गरेकाे पाइएकाे छ । आखिर किन सरकारी विद्यालय आकर्षणकाे केन्द्ब बन्न सकेका छैनन् यस बारेमा गहन बहस हुन जरुरी छ । अधिकाम्स नेपालीकाे आर्थिक सामाजिक अवस्ठालाइ हेर्ने हाे भने शिक्षा दिक्षाकाे लागि आर्थिक हिसाबले सामुदायिक विद्यालय नै उपयुक्त हुनु पर्ने हाे तथापी ऋणकाे बाेझ बाेकेरै भए पनि सँस्थागत विद्यालयमा पठाउने प्रचलन बढ्दाे छ । सँस्थागत विद्यालयकाे अङ्ग्रेजी भाषाकाे आकर्षणले गर्दा सामुदायिक विद्यालयहरु धारासायी बन्दै गइरहेका छन् । केही सामुदायिक विद्यालयले अङ्ग्रेजी माध्यमकाे प्रयाेगमा ल्याए पनि उचित व्यवस्थापन हुन नसक्दा विद्यार्थीहरु न यता न उता काे अवस्थामा पुगकाे यथार्थ हामी सामु छ । उचित व्यवस्थापन गरी सामुदायिक विद्यालयलाइ सँस्थागत विद्यालयसँग प्रतिस्पर्धा गर्न सक्ने वातावरण निर्माण गरी उचित नियमन र सुधार गर्दै विद्यालय शिक्षाकाे लागि सामुदायिक विद्यालयलाइ निर्विकल्प स्थापित गर्नु जरुरी छ । यसकाे अर्थ सँस्थागत विद्यालय हुँदै हुनु हुन्न भनेकाे चाँहि हाेइन ।
शिक्षक सेवा आयाेगबाट अब्बल सावित भइ नियुक्त भएका याेग्य र क्षमतावान् शिक्षकहरुकाे कार्यथलाे सामुदायिक विद्यालय हाे जहाँ उनीहरु राज्यबाट सेवा सुविधा प्राप्त गर्दछन् तथापी विद्यालयकाे अवस्था विग्रदै गएकाे छ । यसमा अब चिन्तन गर्नु पर्ने बेला आएकाे छ । सँस्थागत विद्यालयकाे विद्यमान अवस्था नियाल्ने हाे भने यथाेचित मानव जनशक्तिकाे अवस्था हरेक विद्यालयमा नभए पनि न्यून तलवमा काम गर्नु परेकाे भए पनि शिक्षणकाे प्रतिफल निकै नै राम्राे देखिन्छ सामुदायिक विद्यालयकाे तुलनामा । वेलैमा समस्याकाे चुराे पत्ता लगाइ सुधार नगर्ने हाे भने नेपालमा सामुदायिक विद्यालयकाे शैक्षिक अवस्था थप कारुणिक बन्ने प्राय निस्चित छ । त्यसैले हामीले विद्यालयकाे शैक्षिक समुन्नतीका लागि गम्भीर हुने वेला आएकाे छ । विद्यालयसँग सम्वद्ध सवै साथ र सहयाेग अनि एकवद्धता सहित एकजुट हुने वेला आएकाे छ ।
विद्यालयलाइ शैक्षिक उपलब्धी उन्मुख गराउने कार्यकाे नेता प्रधानाध्यापक हुन् । प्रधानाध्यापकले अल्पकालीन र दीर्घकालीन याेजना मार्फत आफ्नाे विद्यालयलाइ प्रगतीकाे पथमा डाेहाेर्याउन सक्छन् । तर वर्तमान अवस्था हेर्ने हाे भने पहिलाे कुरा त प्रधानाध्यापककाे नियुक्ति याेग्यता क्षमता कार्यकुशलता भन्दा पनि राजनिती र शक्तिकाे आधारमा हुने गरेकाे छ । दाेस्राे कुरा प्रधानाध्यापककाे ध्यान शैक्षिक कुरामा भन्दा पनि अन्य लाभका कार्यमा हुने गरेकाे छ । क्षमतावान् निष्ठावान व्यक्तिहरु मात्र नियुक्त हुनु पर्ने व्यवस्था शिक्षा एैन तथा नियमावलीमा भए पनि यसकाे कार्यान्वयन कागजमै सिमित छ । जब याेग्य व्यक्तिहरु पदमा हुँदैनन् पदबाट हुनुपर्ने कार्य कुशलतापूर्वक हुँदैन । जब नेतृत्व नै राम्राे हुँदैन कसरी कार्यसम्पादन राम्ररी हुन्छ र । विद्यालयकाे व्यवस्थापनकाे जिम्मा विद्यालय व्यवस्थापन समितिकाे हाे तर विद्यालय व्यवस्थापन समितिकाे सहमति र सहकार्यमा विद्यालयकाे शैक्षिक मार्गचित्र निर्माण र कार्यान्वयनकाे कार्य विद्यालय प्रशासककाे हाे । यसाे भनिरहँदा विद्यालय व्यवस्थापन समितिले पछि वसेर कार्य गर्नु पर्छ भनेकाे हाेइन यसले हरेक शैक्षिक कार्यक्रमलाइ मुर्त रुप दिन समुदाय तथा अभिभावकाे साथ र सहयाेग सहित निरन्तर रुपमा चिन्तनशील रहनु पर्दछ ।
विश्वसनियता सफलताकाे कडी हाे । विद्यालय विश्वसनिय हुन पर्दछ । याे आर्जित विषय हाे । यसका लागि विद्यालयीय गतिविधीकाे पारदर्शिता आवश्यक छ । शैक्षिक भाैतिक तथा आर्थिक पारदर्शिता विद्यालयकाे विश्वसनियताकाे आधार हाे । विद्यालय प्रशासनले यी विषय सम्वन्धी गतिविधीहरु नियमित रुपमा प्रकाशन गरी पारदर्शित अपनाए पक्कै पनि विद्यालयलाइ विश्वसनिय बनाउन सकिन्छ र यस्ताे विद्यालय प्रति समुदायकाे सकारात्मक साेच हुने गर्दछ ।
शिक्षणलाइ सरल सहज र प्रभावकारी बनाउन विभिन्न शैक्षिक सामग्रीकाे व्यवस्थापन कक्षाकाेठाकाे व्यवस्थापन तथा व्यवस्थापन आवश्यक पर्दछ । याे व्यवस्थापनका लागि राज्यले दिने अनुदान मात्र काफी हुँदैन । तसर्थ बाह्य स्राेत व्यवस्थापन गर्न विद्यालय कृयाशील हुन जरुरी छ । अझ भनाै शिक्षणमा आधुनिक प्रविधिकाे प्रयाेगगरी समय सापेक्ष शिक्षण गर्नका लागि स्राेत व्यवस्थापन गर्न आर्थिक अवस्था मजवुत हुन आवश्यक छ ।
शिक्षक सम्मानित पेसा हाे । जसरी एउटा माझीले डुङ्गाबाट हजाराैं लाइ नदी पार गराइ गन्तव्यमा पुर्याउँछ ठीक त्यसरी नै एउटा शिक्षकले हजाराै विद्यार्थीहरुलाइ उनीहरुकाे जीवनकाे गन्तव्यमा पुर्याउन मद्दत गरिरहेकाे हुन्छ । वास्तवमा अर्थपूर्ण सिकाइकाे प्रमुख दायित्व शिक्षककाे नै हाे । शिक्षक आफ्नाे पेसामा समर्पित हुन जरुरी छ । शिक्षकले आफ्नाे पेसागत विकासका लागि प्रयत्नशील हुँदै निरन्तर सिकाइ गरी ज्ञानलाइ अद्यावधिक गराउनु पर्दछ । निरन्तर रुपमा नयाँ खाेज तथा अनुसन्धान गरी सदैव शिक्षणका समर्पण गर्नु एउटा निष्ठावान् शिक्षककाे दायित्व हाे । र हरेक शिक्षक यसमा लागि पर्नु पर्छ । समुदायले शिक्षकलाइ हेर्ने दृष्टकाेण सकारात्मक नभएकाे परिप्रक्षमा शिक्षकले सकारात्मक भावनाकाे विकास गराउनका लागि पूर्णरुपमा आचारसंहिताकाे पालना गर्नु आवश्यक छ ।
विद्यालय समुदायकाे सम्पत्ति हाे । जसरी आफ्नाे नीजि सम्पत्तिकाे लाेभ र जतन गरिन्छ त्यसरी नै समुदायले आफ्नाे सम्पत्ति विद्यालयकाे जगेर्ना गर्नु आवश्यक छ । सार्वजनिक सम्पत्तिबाट व्यक्तिगत लाभ गर्ने साेच हटाइ विद्यालय प्रति सँधै सचेत र सजग रही यसकाे हिफाजत गर्न तर्फ उन्मुख समुदाय निर्माणका लागि अग्रसर नभइ विद्यालयीय विकास सम्भव छैन । विद्यालय समुदाय सुमधुर सम्वन्ध स्थापित गरी शैक्षिक कार्यमा समुदायकाे प्रतक्ष सहभागीताकाे सुनिश्चितता शैक्षिक विकासकाे कडी हुन सक्छ ।
सिकाइ वातावरण सिकाइकाे मुख्य आधार हाे । बालमैत्री सिकाइ वातावरण निर्माणमा विद्यालय व्यवस्थापन समिति शिक्षक अभिभावक सँघ शिक्षक अभिभावक र विद्यार्थी सवै सजग हुन पर्दछ । सकारात्मक अनुशासनकाे माध्यमबाट दण्डरहित भेदभावरहित समाहित र समावेशी शैक्षिक वातावरणकाे निर्माण गर्दै हरेक विद्यालयमा निरन्तर मूल्याङ्कन र पृष्ठपाेषणकाे प्रयाेगगरी शैक्षिक गतिविधीलाइ सुधाराेन्मुख गराउन नसकिने हाेइन । यसका लागि म हामी र तपाइले कम्मर कस्नु जरुरी छ ।
Post a Comment