शैक्षणिक सामग्रीले शिक्षणमा खास महत्व राख्ने गर्दछ । जति धेरै शैक्षिक सामग्रीहरुकाे प्रयाेग हुन्छ त्यति नै सिकाइ प्रकृया सहज र सरल बन्ने कुरामा कुनै दुईमत छैन । यद्यपि विद्यालयहरुमा यसकाे प्रयाेग अत्यान्तै न्यून छ । शिक्षणमा सामग्रीकाे प्रयाेग न्यून हुनमा प्रमुख रुपमा दुई कारणहरु छन् । पहिलाे शिक्षण गर्ने पेसाकर्मी सँग सामग्रीकाे प्रयाेग गर्ने इच्छाशक्ति नहुनु र दाेस्राे विद्यालयमा सामग्रीकाे अभाव हुनु र भएकाेमा पनि यथाेचित व्यवस्थापन नहुनु ।नेपालमा सामुदायिक विद्यालयहरुकाे सिकाइ उपलब्धी खच्किँदाे अवस्थाबाट गुज्रिनुकाे एक प्रमुख कारण शिक्षणमा शैक्षिक सामग्रीकाे प्रयाेग नहुनु हाे । शैक्षिक सामग्री व्यवस्थापन कक्षाकाेठा व्यवस्थापनकाे प्रमुख तत्व हाे । यसकाे व्यवस्थापकिय पक्ष प्रतक्षरुपमा विषय शिक्षकसँग संवन्धित हुने गर्दछ । प्रत्येक शिक्षकले आफ्नाे विषय अध्यापन गर्ने क्रममा हरेक दिन याेजना निर्माण गरी शैक्षिक सामग्री सहितकाे शिक्षणका लागि आफु तत्पर हुनुपर्दछ । शैक्षिक सामग्री विनाकाे शिक्षणले के देखाउँछ भने शिक्षक आफ्नाे पेसाप्रति पूर्णरुपमा समर्पित छैनन् र ओैपचारिकता वहन गर्नका लागि मात्र कक्षाकाेठामा शिक्षणकाे कार्य हुने गरेकाे छ । यसरी शिक्षक तर्फ प्रश्न ठडिइरहँदा शिक्षकले उक्त कुराकाे महशुस गरी आफ्नाे शिक्षण मा सुधार गर्नु पर्ने देखिन्छ ।शिक्षकलाई उपयुक्त विधिकाे छनाैट र शैक्षिक सामग्रीकाे प्रयाेगमा सघाउ पुर्याउने मुख्य कार्य विद्यालय व्यवस्थापककाे हाे । विद्यालय व्यवस्थापकले आवश्यक शैक्षिक सामग्रीहरु विद्यालयमा उपलब्ध गराउनै पर्दछ । यति गरेर मात्र हुँदैन नीजले सम्पूर्ण शिक्षकहरुलाई शैक्षिक सामग्री निर्माण र प्रयाेगका लागि निरन्तर प्राेत्साहित गर्ने कार्य गर्नु पर्दछ । शैक्षिक सामग्रीहरुकाे उपलब्धता भण्डारण संरक्षण तथा कार्य सम्पादनकाे प्रतक्ष नियमन र नियन्त्रणकाे कार्य विद्यालय प्रशासकले अनिवार्य गर्नु पर्दछ । विद्यालय प्रशासक शिक्षक पनि हाे भन्ने कुरा नभुली शैक्षिक सामग्री सहितकाे शिक्षणका लागि नीजले आफैंबाट शुरु गरेर अन्य शिक्षकहरुसामू उदाहरणिय बन्नु पर्दछ ।वर्तमान विद्यालयकाे अवस्था हेर्दा विद्यालयहरुमा विभिन्न किसिमका शैक्षिक सामग्रीहरुकाे केहि मात्रामा भए पनि उपलब्धता छ । नेपाल सरकार मातहतका विभिन्न निकायहरुबाट हरेक शैक्षिक वर्षमा विभिन्न किसिमका शैक्षिक सामग्री खरिदका लागि बजेटकाे व्यवस्था भएकाे पाइन्छ । यस्तै गरेर विभन्न सँघ संस्थहरुले पनि बेलावखत विद्यालयीय विकासका लागि नगद तथा जिन्सी सहयाेग गर्ने गरेकै छन् । विशेष गरी ICT काे विकास सँगै विभिन्न विद्युतिय सामाग्रीहरु विद्यालयहरुले प्राप्त गर्ने गरेका छन् । अहिलेकाे समयमा कम्प्युटर प्रिन्टर ल्यावटप प्राेजेक्टर आदि सामाग्रीहरु केहि हद सम्म विद्यालयहरुले प्राप्त गर्न थालेका छन् ।समाज र सामाजिक पद्दति डिजिटल बन्दै छ । अहिलेकाे नयाँ पिँढी पनि डिजिटलाइज्ड भइ रहेकाे छ । याे परिस्थितिमा समयानुकुल शिक्षण गर्नका लागि अव कम्प्युटर टेक्नाेलाेजीकाे प्रयाेग कक्षाकाेठामा अपरिहार्य बनेकाे छ । सिकाइ उपलब्धी न्यून हुनु विद्यार्थीकाे ध्यान सिकाइमा नहुनुकाे मुख्य कारण कक्षाकाेठमा परम्परागत शिक्षण हुनु नै हाे । स्थिति यस्ताे बन्दैछ कि अब नयाँ आधुनिक टेक्नाेलाेजीकाे प्रयाेग विना अपेक्षित सिकाइ उपलब्धी पूरा हुन प्राय असम्भव नै छ । तर हामी त्यहि परम्परागत शिक्षण विधिहरुकाे अवलम्वनगरी पाठ्यपुस्तकलाई मुख्य शैक्षणिक कृयाकलापकाे साधनका रुपमा प्रयाेगगरी शिक्षण गरिरहेका छाैं । यसबाट गन्तव्यमा पुगिने कुराकाे विश्वास त के कल्पना सम्म पनि गर्न कठिन छ । यसबाट हुन्छ भन्ने स्वयं अध्यापकहरुलाई पनि छैन तथापि उहि पुरातनवादी विधिहरु शिक्षणमा हावी छन् ।धेरै विद्यालयहरुमा त झनै अत्याधुनिक शैक्षिक सामग्रीकाे अभाव छ । कतिपयमा त विजुली वत्तीकाे प्रवन्ध पनि छैन । उपलब्ध भएका सरसामानलाई पनि प्रयाेगमा ल्याउन सकिएकाे छैन । तर गैह्र विद्युतिय सामग्रीकाे प्रयाेग त सम्भव हुने हाे तर पनि यसमा कसैकाे ध्यान गएकाे पाईंदैन । पछिल्लाे समयमा धेरै नै सुगमका विद्यालयहरुमा अत्याधुनिक सामग्रीहरुकाे उपलब्धता छ । पर्याप्त नभए पनि धेरैमा काम चलाउन सकिने वा कामकाे थालनी गर्न सक्ने वातावरण छ । तर यस्ता विद्यालयहरुमा पनि आधुनिक पद्दतिकाे प्रयाेग न्यून हुने गरेकाे छ । कतिपय विद्यालयहरुमा त दाताले दिएका सामाग्रीहरु बाकस मै राखिएकाे अवस्था पनि छ । यदि कम्प्युटर ल्यावकाे व्यवस्था नै भएकाे भए पनि यसकाे उचित संरक्षण र सम्वर्धन हुन सकेकाे छैन । सरसफाइकाे अभावमा कतिपय त छिटै बिग्रिएर जाने गरेका पनि छन् । कम्प्युटर लगायतका विद्युतिय सामाग्री खरिद प्रकृया नियमित हुन नसक्दा कतिपय विद्यालयहरुमा गुणस्तरीय सामग्री आयात हुन सकेका छैनन् । एसेम्बल लाई ब्राण्डेडकाे नाम दिएर विद्यालयमा भित्र्याउने प्रचलन पनि रहेकाे पाइन्छ । फलस्वरुप शिक्षणमा यसकाे प्रयाेग हुन सकेकाे छैन ।भण्डारण र संरक्षण मै समस्या भएका कारण यस्ता सामग्रीहरु विद्यार्थीकाे पहुँचबाट टाढै छन् । यसकाे उचित व्यवस्थापन गर्ने प्रमुख जिम्मेवारी विद्यालय प्रशासककाे हाे तर उनीहरुकाे यस्ता सामाग्री प्रतिकाे उदासिनताका कारण विद्यार्थीहरु सहज सिकाइबाट वञ्चित हुनु परेकाे छ । विद्यालयीय सम्पूर्ण गतिविधिहरुमा टेक्नाेलाेजीकाे प्रयाेग हुनु पर्दछ । तर धेरैमा यसकाे प्रयाेग भएकाे पाईंदैन । यसकाे प्रमुख कारण नेतृत्वकाे पुरातनवादी साेच र नयाँ प्रविधिकाे अल्पज्ञान हाे । आफूलाई समय सापेक्ष बनाइ सक्षमता विकास गर्ने इच्छाशक्तिकाे अभावका कारण प्रविधिकाे प्रयाेग पेचिलाे बन्दै गइरहेकाे छ । तसर्थ नेतृत्वदायी पदहरुमा सक्षमता भएका वा सक्षमताकाे विकास गर्ने तीब्र आकांक्षा भएकाहरुकाे पहुँच नहुँदा सम्म स्थितिकाे सुधार हाेला जस्ताे छैन ।याे त भयाे शैक्षिक सामग्रीकाे व्यवस्थापनकाे पाटाे । अब शैक्षिक सामग्रीकाे कार्यान्वयनलाई हेर्ने हाे भने याे प्रतक्ष रुपमा विषय शिक्षकहरुसँग जाेडिन्छ । शैक्षिक सामग्री निर्माण र प्रयाेग सम्बन्धी ज्ञान र शिक्षणमा आधुनिक प्रविधिकाे प्रयाेग गर्ने सीप शिक्षककाे अनिवार्य सर्त हाे । अझ भनाै शिक्षक सबै पक्षमा सक्षम हुनुपर्ने अवस्था सृजना भएकाे छ । अर्थात् शिक्षक सक्षमता प्रारुप २०७२ बमाेजिमका सक्षमता शिक्षकले पूरा गर्नै पर्दछ र यसका लागि विद्यालय व्यवस्थापनले सकारात्मक भूमिका निर्वाह गर्नु पर्दछ । सक्षमता विकासका लागि शिक्षक उत्सुक हुनुपर्ने र उचीत वातावरण विद्यालयले सृजना गर्नु पर्ने देखिन्छ ।समय सुहाउँदाे शिक्षण नभए सम्म अपेक्षित उपलब्धीहरु संताेशप्रद ढंगले प्राप्त हुन सक्दैनन् । विद्यार्थी उपलब्धी नै शिक्षककाे सफलताकाे सूचक हाे । तसर्थ याे विषयमा हामी शिक्षकहरुले मनन गरी तत् अनुरुपकाे कार्य गर्नु जरुरी छ ।
Post a Comment