शैक्षिक सुधारमा समर्पित व्लग

 


नेतृत्वमा सक्षमता विकासको आवश्यकता

 

कार्य सम्पादनकाे मुख्य आधार नै नेतृत्वकाे सक्षमता हाे । सक्षमताले क्षमतामा निखार ल्याइ उपयुक्त रणतनिती र कार्यनिती अवलम्वन गरी उद्देश्य प्राप्त गर्न सहयाेग गर्दछ ।
कार्य सम्पादनका लागि क्षमता पूर्व सर्त हाे । विना क्षमता कुनै पनि कार्यकाे न्यायपूर्ण सम्पादन सम्भव नहुने कुरा निश्चित छ । तर क्षमताले मात्र पनि अपेक्षित उपलब्धिहरु प्राप्त हुन सक्छन् भन्ने चाहिँ हाेइन । मात्र क्षमताले गन्तव्यमा पुग्न कठिन हुन सक्दछ यदि सक्षमता भएन भने । सक्षमता क्षमता लगनशिलता र रणनितीक कार्यकुशलताकाे समिश्रण हाे । अर्थात् उपलब्ध क्षमताकाे अधिकतम उपयाेगगरी यसकाे अभिवृद्धि गर्दै अपेक्षित गन्तव्यकाे यात्रा सहज रुपमा पूरा गराउने कार्य सक्षमता भित्र पर्दछ ।
लनगशीलता कार्यप्रतिकाे इच्छाशक्ति र रणनितिक कार्यकुशलताका अभावमा धेरै क्षमतावान् भनिएका र मानिएकाहरु असक्षम प्रमाणित भएका प्रशस्त दृष्टान्तहरु हाम्राे समाजमा छन् । त्यसैले कार्य सम्पादन प्रगतिका आधारमा व्यक्तिकाे मूल्याङ्कन गरी तत् अनुरुपकाे धारणाकाे विकास गर्नु उपयुक्त हुन्छ । सक्षमता क्षमतामा मात्र निर्भर गर्दैन । त्यसैले पूर्व स्थापित वा तथाकथित क्षमताका पछाडि दगुरेर खास पदाेन्नतीका आधारमा सक्षम र असक्षमकाे बिल्ला भिराउनु उपयुक्त हाेइन । शक्तिका आडमा वा आदर्शका आधारमा कम क्षमता भएकालाई क्षमतावान् काे बिल्ला भिराएर नेतृत्व प्रदान गर्दा सिमित समूह र व्यक्तिहरुलाई त पक्कै फाइदा हाेला यसले समग्र जनहित हुँदैन । यस्ता किसिमका प्रयासहरुबाट भविष्यमा निदानै गर्न नसकिने किसिमका समस्या आइनलाग्नान् भन्न सकिँदैन । 
धेरै जसाे सार्वजनिक सराेकारका मुद्दाहरुमा यिनै सक्षमताकाे अभाव भएका क्षमतावान् हरु हावि हुँदा ती सराेकारका विषयहरु दिन दिनै जटिल बन्दै गइरहेका छन् । सार्वजनिक सम्पत्तिकाे संरक्षण र सदुपयाेगकाे सट्टा व्यक्तिगत र समुहगत स्वार्थका लागि तिनीहरुकाे दुरुपयाेग बढ्दै गएकाे पाइने गरेकाे छ । असक्षमताका विच क्षमतावान् कहलिएकाहरु शक्तिमा रहिरहन यसकाे चरम दुरुपयाेग गर्ने गरेका घटनाहरु अब लुकाएर नलुक्ने अवस्थामा आइपुगेका छन् ।
हुन त सक्षमता प्राप्त गर्नै नसकिने क्रमशः विकास गर्न नसकिने कुरा भने कदापि हाेइन । सकारात्मक साेच व्यवहारिक शुद्धता कार्य प्रतिकाे लगाव इमान्दारीता निष्ठा र दृढ इच्छा शक्तिले यसकाे विकास गर्न सकिन्छ । तर यसका लागि नेतृत्व वैयक्तिक लाभ भन्दा माथि उठ्न सक्नु पर्दछ । 
शक्तिका आडमा असक्षमहरुलाई पदमा वहाल गरी निहित स्वार्थ पूर्ती गराउने भाँडाेकाे रुपमा धेरै नै सार्वजनिक सँघ संस्थाहरु प्रयाेग हुँदै आएका छन् । फलस्वरुपः तिनीहरुकाे उपलब्धिमा प्रश्न चिन्ह खडा हुन थालेकाे छ ।
तत्कालिन अवस्थामा यसकाे अशर न्यून देखिए पनि या याे एक सार्वजनिक निराशामा सिमित भए पनि कालान्तरमा यसकाे अशर भयङ्कर हुने निश्चित छ । तसर्थ कमि कमजाेरी काे मूल्याङ्कन गरेर विकल्पकाे खाेजी गर्नु जरुरी छ । सामाजिक न्याय अहिलेकाे समाजकाे आवश्यकता हाे ।

Post a Comment

[blogger]

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget