शैक्षिक सुधारमा समर्पित व्लग

 


शैक्षिक सुधारको आधार

 


सामुदायिक विद्यालयहरुकाे शैक्षिक अवस्था खच्कदाे छ । शिकाइ उपलव्धि हेर्दा खासै आशा गर्न सकिने अवस्था छैन । विद्यालयीय शिक्षा देशकाे शैक्षिक विकासकाे मेरुदण्ड हाे । यसमै समस्या उत्पन्न भए समग्र शैक्षिक व्यवस्था तहसनहस  हुने निश्चित छ । हालै शिक्षक सेवा आयाेग बाट प्रकाशित माध्यमिक तहकाे अध्यापन अनुमतिपत्रकाे नतिजा हेर्दा देशकाे शैक्षिक अवस्था छर्लङ्ग हुन्छ । तसर्थ विद्यालय शिक्षालाई सुधार गरी सवल र सक्षम जनशक्ति निर्माणकाे आधार निर्माण गर्नु पर्दछ । 
विद्यालयीय शिक्षालाई उदेश्याेन्मुख तथा फलदायी बनाउनका लागि अहिलेकाे विद्यमान अवस्थमा सुधार गर्नु अपरिहार्य छ र यसका लागि अवलम्बन गर्न सकिने केहि उपायहरु यस प्रकार रहेका छन् ः
कक्षाकाेठा व्यवस्थापनः
विद्यालयहरुमा कक्षाकाेठाकाे उचित व्यवस्थापन गरिनु पर्दछ । आवश्यकताकाे आधारमा कक्षाकाेठामा शिक्षण सञ्चालन गर्नका लागि सहज हुने गरी पर्याप्त श्राेत र साधन उपलव्ध गराउनु पर्दछ । फर्निचरकाे व्यवस्था शैक्षिक सामग्रीकाे व्यवस्था तथा सरसफाइलाई विशेष प्राथमिकता दिनु पर्दछ ।
उपयुक्त सिकाइ वातावरणः
शिकाइ उपलव्धी न्युनहुनकाे विभिन्न कारणहरु मध्येकाे एक कारण कमजाेर सिकाइ वातावरण पनि हाे । बालमैत्री सिकाइ वातावरण अहिलेकाे आवश्यकता हाे । तसर्थ शैक्षिक गुणस्तर अभिवृद्धि गर्नका लागि विद्यालयले उपयुक्त सिकाइ वातावरण निर्माणमा ध्यान दिनु जरुरी छ ।
उपयुक्त शिक्षण विधिकाे छनौट तथा प्रयाेगः
सिकाइलाई उदेश्याेन्मुख बनाउन सिकाइ प्रकृयाले महत्वपूर्ण भूमिका खेल्दछ । कक्षा काेठामा शिक्षण गर्दा विद्यार्थीकाे उमेर रुचि चाहाना विषय वस्तुकाे प्रकृति अनुसार सहाउँदाे आधुनिक शिक्षण विधि अवलम्बन गर्न सके सिकाइ प्रकृया सरल र सहज बन्दछ । त्यसैले उपयुक्त शिक्षण विधिकाे छनाैट र प्रयाेग गरी समय सान्दर्भिक सिकाइलाई गतिशील बनाउनु पर्दछ ।
शैक्षिक सामग्रीकाे प्रयाेगः
शिक्षण एक जटिल कार्य हाे । यसलाई सहज बनाउन शैक्षिक सामग्री निर्माण र प्रयाेगले सघाउ पुग्दछ । तसर्थ हरेक शिक्षकले शैक्षिक सामग्री सहित अनिवार्य शिक्षण गर्नु पर्दछ । यसले सिकाइलाई सरल सहज बनाउनुका साथै शिक्षक स्वयंलाई पेसागत विकासका लागि सघाउ पुग्दछ ।
प्रविधिकाे प्रयाेगः
अहिलेकाे पिँढी सूचना तथा सञ्चार प्रविधिकाे विकास सँगै डिजिटलाइज्ड भइसकेकाे छ । उनीहरुलाई सिकाइ तर्फ आकर्षित गर्नका लागि शिक्षणमा आधुनिक प्रविधकाे प्रयाेग अपरिहार्य बनेकाे छ । यसबाट सिकाइ सहज र प्रभावकारी हुने हुँदा अविलम्व यसलाई विद्यालयहरुले लागू गर्ने मानसिकता बनाइ अगाडी बढ्नु पर्दछ ।
निरन्तर मूल्याङ्कन र पृष्ठपोषणः
विद्यालयहरुले परीक्षालाई मात्र मूल्यङ्कनकाे मूल साधनका रुपमा प्रयाेग गर्ने गरेकाे पाइन्छ । याे वाहेकका अन्य मूल्यङ्कनका साधनहरुकाे प्रयाेगमा जाेड दिइ मूल्यङ्कनलाई शिक्षणकाे एक अभिन्न अङ्गकाे रुपमा कार्यान्वयन गरी निरन्तर पृष्ठपाेषण प्रदान गरी शिक्षणलाई थप मजबुद बनाउनु पर्दछ । निरन्तर मूल्याङ्कनबाट विद्यार्थी उपलव्धी मात्र नभइ शिक्षककाे कार्य सम्पादनलाई पनि उचित मार्ग निर्देश गरी शिक्षणलाई सहि बाटाेमा हिँडाउने कार्य मूल्याङ्कनले गर्नु पर्दछ ।
निरन्तर मूल्याङ्कन पद्दतिकाे सवलीकरणः
विद्यमान कक्षा १ बाट ७ सम्मका लागि लागू गरिएकाे निरन्तर मूल्याङ्कन पद्दति ओैपचारिकतामा मात्र सिमित हुन पुग्दा यसबाट राम्राे नतिजा प्राप्त हुन सकेकाे छैन । धेरै विद्यालयहरुमा यसकाे प्रयाेग रेजा हान्ने कार्यमा मात्र सिमित हुन पुगेकाे छ । निरन्तर मूल्याङ्कनकाे मूल मर्म बमाेजिम पुनःशिक्षण लाई प्राथमिकतामा राखि सिकाइलाई सवल बनाउनु पर्दछ । यसका लागि अनुगमन तथा निरीक्षणकाे कार्यालाई नियमित गर्नु पर्दछ ।
हस्तलेखन अभ्यासः
मानिसकाे पहिचान उसकाे बाेलवचन भए झै नीजकाे शैक्षिक पहिचानमा हस्तलेखन सीपले सहयाेग गर्दछ । धेरै विद्यार्थीहरुकाे हस्तलेखन अभ्यास राम्राे छैन । विविध कारणले सबै विद्यार्थीहरुलाई समान ढंगबाट शिक्षण गरी अधिकतम उपलव्धी हासिल गराउन त कठिन हाेला तर उनीहरुकाे हस्तलेखन सीपमा भने सजिलै सुधार गर्न सकिन्छ । तसर्थ विद्यालयहरुले विद्यार्थीहरुलाई हस्तलेखन अभ्यास गराउनु पर्दछ । हस्तलेखन अभ्यासलाई सिकाइकाे एक अभिन्न अङ्ग बनाइ प्राथमिकता दिनु पर्दछ । 
शैक्षिक अन्तरकृयाः
विद्यालयले शैक्षिक सुधारका लागि विद्यालयमा शैक्षिक अन्तरकृयाकाे अवसर सृजना गर्नु पर्दछ । शिक्षक स्टाफ अभिभावक विद्यार्थी विषय विज्ञ तथा स्थानीय बुद्धिजिवीहरुसँग विद्यालयीय सराेकारका विषयमा नियमित छलफल तथा अन्तरकृयाकाे माध्यमबाट शैक्षिक क्षेत्रमा देखा परेका र पर्न सक्ने जटिलताहरुकाे निराकरण गर्न सकिन्छ । सम्पूर्ण सराेकारवालहरु वीच सल्लाह तथा सहयाेग आदानप्रदानकाे वातावरण निर्माणमा विद्यालय लाग्नु पर्दछ ।
शैक्षिक याेजना निर्माण र कार्यान्वयनः
प्रधानाध्यापकले अनिवार्य विद्यालयमा अल्पकालिन तथा दीर्घकालिन याेजना निर्माण गरी सवैसँग समन्वय गरी कार्यान्वयन गर्नु पर्दछ । नीजले बनाएकाे याेजना अन्य कुरामा भन्दा विद्यालयकाे शैक्षिक गुणस्तर अभिवृद्धि गराउने कार्यमा बढी केन्द्रित हुनु पर्दछ । यस्तै गरेर विद्यालयमा अध्यापन गर्ने प्रत्येक शिक्षकले आफ्नाे विषयवस्तु सम्वन्धी शैक्षणिक याेजना निर्माण गरी कार्यान्वयन गर्नु पर्दछ । यसले शिक्षणमा नियमितता कायम गर्न सघाउ पुग्दछ ।
नियमित अनुगमन तथा निरीक्षणः
शैक्षणिक कार्य कसरी सञ्चालन भइरहेकाे छ भनी सराेकारवाला निकायबाट नियमित अनुगमन तथा निरीक्षण गरी शिक्षणलाई उचित मार्गनिर्देश गर्नु पर्दछ । यसले विद्यालयमा शैक्षिक अनुशासन कायम राख्न सघाउ पुग्दछ ।
अतिरिक्त कृयाकलापकाे नियमितताः
विद्यालयहरुले वार्षिकरुपमा क्यालेण्डर निर्माण गरी विद्यार्थीमा अन्तरनिहित प्रतिभाकाे प्रष्फुटनका लागि नियमित रुपमा सवै विषय र क्षेत्रलाई समेट्ने गरी अतिरिक्त कृयाकलाप सञ्चालन गर्नु पर्दछ । यसबाट विद्यार्थीमा भएकाे सम्भावनालाई मार्गनिर्देशित गरी चरित्र निर्माणमा सहयाेग पुग्ने मात्र नभइ उपयुक्त सिकाइ वातावरण निर्माणमा समेत सहयाेग पुग्दछ ।
अतिरिक्त कक्षा संचालनः
विशेषगरी आवश्यकतामा आधारित भएर विद्यार्थीहरुलाई विद्यालयले प्रत्येक कक्षामा अतिरिक्त कक्षाकाे व्यवस्था गर्न सके कक्षाकाेठाकाे सिकाइलाई परिणाम मुखि बनाउन सकिन्छ । धेरैजसाे विद्यार्थीहरु आवश्यक पूर्वज्ञानकाे अभावमा कक्षाकाेठामा पछाडि पर्ने गरेकाे पाइन्छ । तसर्थ उनीहरुलाई नयाँ सिकाइका लागि तयार गर्नका लागि अतिरिक्त कक्षाकाे अवसर प्रदान गर्नु पर्दछ ।
शैक्षिक भ्रमणः
सिकाइलाई समयसान्दर्भिक बनाउँदै जीवनसँग जाेड्नका लागि विद्यालयले विद्यार्थीहरुलाई शैक्षिक भ्रमणकाे अवसर सृजना गर्नु पर्दछ । यसबाट प्रतक्ष अवलाेकन गरेर विविध विषयकाे ज्ञान हासिल गर्ने अवसर प्राप्त हुन्छ । त्यसैले विद्यालयले प्रत्यक वर्ष शैक्षिक भ्रमणकाे कार्यक्रम सञ्चालन गर्नु पर्दछ ।
विद्यालय समुदाय सुसम्वन्धः
विद्यालय समुदायकाे सम्पत्ति हाे र यसकाे संरक्षण र सम्वर्धनमा सामुदायिक चासाे र जिम्मेवारी वहन गर्ने वातावरण निर्माणका लागि विद्यालयले समुदायसँग सहकार्य गर्नु पर्दछ । सामुदायिक मूल्य मान्यता तथा आस्थाहरुकाे संरक्षण र सम्वर्धनमा सहयाेग गर्दै विद्यालयीय कृयाकलापमा सामुदायिक सहभागिताकाे प्रत्याभूति नगरी विद्यालय एक्लै अगाडी बढ्न सक्दैन र हिड्नु हुँदैन ।
समाजिक सँघ संस्थासँग सहकार्यः
विद्यालयले सामाजिक क्षेत्र सँग सम्वन्धित विभिन्न क्षेत्रका सँघसंस्था सँग सहयाेग र सहकार्य गर्नु पर्दछ । सेवाका लागि परस्पर सहयाेगकाे वातावरण निर्माणबाट विद्यालयीय आवश्यकता परिपूर्तिमा सहयाेग पुग्दछ ।
अनुभव साटासाटः
छिमेकी विद्यालयका शिक्षकहरुसँग विभिन्न कार्यक्रमहरुमा सरिक भइ एक अर्कामा सिकाइ अनुभव साटासाट गर्ने वातावरण सृजना गरिनु पर्दछ । यसबाट शिक्षणमा देखिएका जटिलताहरुकाे हल गर्न सकिन्छ । विद्यालयले आन्तरिक तथा वाह्य अनुभव साटासाट गर्ने कार्यक्रमकाे बेलाबेलामा सञ्चालन गर्नु पर्दछ ।
अभिभुखिकरण तथा तालिमः
शिक्षक तथा विद्यार्थीहरुलाई बेलामाैकामा विज्ञहरु झिकाइ शैक्षिक विषय तथा यससँग सम्वन्धित विविध विषयमा अभिमुखिकरण कार्यक्रम तथा तालिम तथा सेमिनार गाेष्टि आदिकाे आयाेजना गर्न सके यसले सिकाइमा निखारता प्रदान गर्न सघाउ पुग्दछ ।
पुरस्कार तथा प्राेत्साहनः
कार्य सम्पादनमा निखारता ल्याउनका लागि पुरस्कारकाे व्यवस्था गरी शिक्षणकर्तालाई अर्थपूर्ण  सिकाइका लागि प्राेत्साहित गर्नु पर्दछ । अधिकतम उपलव्धी प्राप्तिका लागि सकारात्मक पुनर्वलकाे प्रयाेग गरी शिक्षणमा सहजीकरण गर्ने नीति विद्यालयले अवलम्बन गर्नु पर्दछ ।
गाेविन्द भट्टराई
शिक्षक 
हाेमराज लाेहनी शारदा शिक्षा सदन माध्यमिक विद्यालय
भानु २ तनहुँ

Post a Comment

[blogger]

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget