शैक्षिक सुधारमा समर्पित व्लग

 


वित्तिय अनुशासनको आवश्यकता

 


अनुशासन शव्दले पुरा गर्नु पर्ने आचरणलाई जनाउँदछ। नियमवद्ध भइ कार्य सम्पादन गर्ने कार्य अनुशासन अन्तरगतकाे कार्य हाे । अनुशासनले व्यक्तिलाई मर्यादित ढंगबाट कार्य सम्पादन गर्नका लागि मार्गनिर्देश गर्दछ । वित्तिय शव्दले आर्थिक पाटाेलाई इङ्गित गर्दछ । यसले सार्वजनिक निकायहरुकाे लेखाप्रणालीलाई बुझाउने गर्दछ । लेखा प्रणालीमा हुने नियमितता नै वित्तिय अनुशासन हाे । अर्थात् ताेकिएकाे मापदण्डका आधारमा आम्दानी र खर्चकाे श्रेष्ता अद्यावधिक गर्दै आम्दानी र खर्चकाे ओैचित्यता पुष्टि गर्ने कार्य वित्तिय अनुशासनले गर्दछ । आम्दानी अनुसार खर्च ओैचित्यपूर्ण हाे हाेइन र यसमा पारदर्शिता छ छैन भन्ने विषय वित्तिय अनुशासन अन्तरगतकाे मुद्दा हाे । 
कुनै पनि सार्वजनिक निकायका आर्थिक गतिविधिहरु नियम संगत र पारदर्शी हुनु पर्दछ । आम्दानीका स्राेतहरु स्पष्ट हुनका साथै आम्दानी र खर्चकाे तादम्यता हुनु पर्दछ । खर्च गर्दा आवश्यकिय विषय र क्षेत्रले प्राथमिकता पाउनु पर्दछ । अनावश्यक खर्चलाई नियन्त्रण गर्नु पर्दछ । बजेट विनियाेजन पश्चात कार्यक्रमकाे कार्यान्वयनका क्रममा विधान र विधिलाई टेकेर मात्र खर्च गर्ने परिपाटी हुनुपर्दछ । संरक्षकत्वकाे जिम्मेवारी पाएकाे निकायबाट अनुमति लिइ खर्च गर्ने तथा खर्च भए पश्चात अनिवार्य त्यसकाे ओैचित्यता उल्लेख गरी तालुकदार निकायबाट अनुमाेदन गरिनु पर्दछ । आम्दानी खर्चकाे श्रेष्ताका लागि अलग अलग रजिष्टर र फारामहरुकाे प्रयाेग गरी आर्थिक नियमितता कायम गरिनु पर्दछ । दैनिक प्रयाेगका लागि डे बुककाे प्रयाेग, भाैचर निर्माण र प्रमाणिकरण, आम्दानीकाे बैंक दाखिला, खर्चमा बैंङ्किङ काराेवारकाे माात्र प्रयाेग, आधिकारिक वीलहरुकाे प्रयाेग, यसकाे प्रमाणिकरण, दैनिक आम्दानी र खर्चकाे अभिलेखिकरण, मासिक आम्दानी खर्चकाे क्लाेजिङ, त्रैमासिक रुपमा आम्दानी र खर्चकाे सराेकारवाला समक्ष प्रतिवेदन प्रस्तुत जस्ता कार्य वित्तिय अनशासन अन्तरगतका कार्य हुन् । त्यस्तै गरेर आर्थिक खर्च नियमावली बमाेजिमकाे प्रशासकबाट गर्ने खर्च, यसकाे ओैचित्यता पुष्टि र तालुकदार निकायबाट अनुमाेदन, सर्वमान्य लेखा प्रणालीकाे प्रयाेग गरी आम्दानी र खर्च अद्यावधिक गर्ने, नियममित सामाजिक परीक्षण र स्वीकृति प्राप्त लेखापरीक्षकबाट नियमित लेखा परीक्षण भयाे भने संस्थाहरुमा वित्तिय अनुशासन कायम हुन्छ ।
समयकाे गति सँगै अभिलेखिकरणका नयाँ आयामहरु थपिँदै गएकाे परिवेशमा संस्थाहरुकाे लेखा प्रणालीमा यसकाे क्रमशः प्रयाेग गर्दै जानु पर्दछ । कम्प्युटर टेक्नाेलाेजीकाे विकास सँगै आर्थिक श्रेष्ता प्रणालीलाई चुस्त र दुरुस्त पार्नका लागि विभिन्न सफ्टवेअर हरुकाे विकास र प्रयाेग भइरहेकाे छ । यसलाई प्रत्येक संघसंस्था तथा निकायहरुले अनिवार्य प्रयाेगमा ल्याउनु पर्दछ । सूचना तथा सञ्चारकाे तीब्र विकास भइरहेकाे परिवेशमा विभिन्न माध्यमहरुकाे प्रयाेग गरी आर्थिक गतिविधिहरुलाई नियमित र पारदर्शी बनाउनु पर्दछ । यसका लागि परम्परागत सूचना प्रणाली अन्तरगत सूचना टाँस मात्र नभई इलेक्ट्राेनिक मिडियाहरुकाे समेत प्रयाेग गर्नु पर्दछ । इन्टरनेट काे प्रयाेग हुने याे जमानामा अब परम्परागत माध्यम मात्र काफि छैनन् । तसर्थ आफ्ना गतिविधिहरुलाई सँघ संस्थाहरुले आफ्नाे आधिकारिक वेभसाइट निर्माण गरी यसमा संप्रेशित गर्ने हिम्मत गर्नु पर्दछ ।

Post a Comment

[blogger]

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget