शैक्षिक सुधारमा समर्पित व्लग

 


संभावनाको प्रचुर खानी मानुङ्गकोट

 


६ वर्ष अगडी हाेटल मार्फालीकाे प्रथम तल्लाकाे रुमकाे झ्यालबाट विहान चिहाउँदा प्रथम पटक देखिएकाे र के हाेला र खै भनेर नजरअन्दाज गरी त्यसकाे खासै वास्ता नगरिएकाे एक दमाैलीकाे ठाउँमा आज पुग्दा लाग्याे किन म त्यतिबेला नै त्यहाँ पुगिन भनेर । त्याे ठाउँ अरु कुनै नभएर व्यास नगर स्थित मानुङ्गकाेटकाे हाे । याे त सदियाै देखि भएकाे कुरा हाे फेरि  कुरा किन ६ वर्ष अगाडी भन्ने जिज्ञासा जाग्याे हाेला किनकि म ६ बर्ष देखि मात्र तनहुँमा बस्दै आएकाे छु । हितैशी मित्र दिनेश थापा मगर (बाराही कलेज ) काे सहयात्रामा आज मानुङ्गकाेटकाे भ्रमण गर्ने अवसर जुर्याे ।
हुनतः जीवन भाेकाइका क्रममा धेरै नै ठाउँहरुमा बसाेबास गर्दै विभिन्न वातावरणकाे अनुभव र अनुभूति मनमा साँचर आइ पुगेकाे म आज मानङ्गकाेट पुग्दा साँच्चै नै  एउटा भ्यू टावरमा चढेकाे अनुभूति भयाे । प्राकृतिक वातावरणकाे दृष्यावलाेकन गर्न धेरै नै बजेट विनियाेजन गरेर भ्यू टावरहरु देशका विभिन्न ठाउँमा स्थापित छन् र धेरैमा चढ्ने अवसर पनि प्राप्त गरेकाे छु तर मानुङ्गकाेटकाे यात्रा गर्दा प्राकृतिक टावर चढेकाे अनुभुति भयाे । साँच्चै नै याे प्रकृतिक भ्यू टावर हाे दमाैली नजिकै काे।
दमाैलीबाट करिव ८ किलाे मिटरकाे यात्रा तय गरे याे गन्तव्यमा पुग्न सकिने रहेछ । चापाघाटबाट उकालाे लागि रहँदा भर्खरै निर्माणकाे क्रममा रहेकाे सडककाे यात्रा कठिन रहेन किनकी उकालाे चढ्नु पर्दा पनि सडक व्यवस्थित ढंगबाट निर्माणहुँदै रहेछ । सडककाे नालीकाे काम लगभग सकिएकाे र ग्रभेलिङ्ग काे काम हुँदै गरेकाे सडकमा नीजि सवारी विशेषगरी माेटरसाइकलकाे यात्रा सहज हुने रहेछ । हुन त त्यहाँ कारहरु पनि लैजान नसकिने भने हाेइन । तीब्र गतिमा निर्माणाधिन सडक देख्दा आशाकाे दियाे झनै चहकिलाे हुन थाल्याे । करीव मानुङ्गकाेट भन्दा १ किलाेमिटरकाे दुरीमा पुग्दा अर्काे संभावना देखियाे । त्यहाँबाट हाइकिङ्ग गर्न मिल्ने रहेछ । उकालाे सानाे गाेरेटाे करीव १५ मिनेटकाे यात्रामा टुप्पाेमा पुगियाे । टुप्पाेमा समधर जमिन अनि अग्लाे भीरकाे छेवैमा लागएकाे रेलिङ जहाँबाट दमाैली बजार मुस्कुराएकाे दृष्य अत्यान्तै मनमाेहक । सिरसिर वतास चहकिलाे घाम अनि खुल्ला चाैरमा बसेर दृष्यावलाेकन गर्न झनै मज्जा । 
दृष्यमा मनमाेहक दमाैली बजार मादी खाेला साँगे कलेस्ती बजार अनि लमुजुङ्गका धेरै नै भूभाग । माैलाउँदै गएकाे जङ्गल अनि समथर फाँट पीडा भुलेर मनमा शान्ति प्राप्त गर्न सक्ने एक उपयुक्त ठाउँ मानुङ्गकाेट । आध्यात्मिक शितलता का लागि मन्दिर अनि भाैतिक तथा मानसिक शितलताका लागि मनमाेहक दृष्यावलाेकन । एउटा अथक सम्भावना बाेकेकाे ठाउँ मानुङ्गकाेट ।
यहाँ अझ धेरै सम्भावन हुन सक्ने देखियाे । दमाैलीबाट पदमार्ग निर्माण गरी हाइकिङ्ग गर्न सकिने रहेछ । यसमा भएकाे मन्दिरकाे संरक्षण र सम्वर्धन गरी एक धार्मिक गन्तव्यकाे रुपमा समेत विकास गर्न नसकिने कुरै भएन । निर्माणाधिन सडक सायद नगरपालिककाे प्रतक्ष सहयाेग र निगरानीमा बन्दै छ यसकाे स्तराेन्नति गरी स्थानीयलाई सामग्री पैठारीमा सहजता प्रदानगरी हाेटल व्यवसायमा लाग्न प्राेत्साहन गर्न सकेमा अझ यसकाे आकर्षण बढेर जान्छ । यहाँबाट प्याराग्लाइडिङ्ग पनि सञ्चालन गर्न सकिने सम्भावना देखियाे । तसर्थ मानुङ्गकाेट तनहुँ कै एक प्रचुर सम्भावना बाेकेकाे ठाउँहरु मध्येकाे एक रहेछ ।  यस तर्फ सराेकार वालकाे बेलैमा ध्यान जाओस्, यसकाे प्रचार प्रसार हाेस् र याे ठाउँ पर्यटककाे एक गन्तव्य बनाेस् । शुभकामना । 

Post a Comment

[blogger]

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget