शैक्षिक सुधारमा समर्पित व्लग

 


विद्यालय व्यवस्थापन समितिको दायित्व

 

शिक्षा ऐन नियमावली (संशाेधन सहित) बमाेजिम विद्यालयकाे हेरचाह, संरक्षण, सम्वर्धन र नियमित सञ्चालन गर्नका लागि विद्यालय व्यवस्थापन समितिकाे व्यवस्था भए बमोजिम विद्यालयमा लोकतान्त्रिक विधि र पद्दतिका आधारमा ९ सदस्यीय विद्यालय व्यवस्थापन समितिकाे गठन हुने व्यवस्था अनुरुप हरेक विद्यालयमा तदानुरुपकाे समितिकाे गठन भइ कार्यान्वयनमा आए पनि यसकाे कार्यशैली र विद्यालयीय विकासका सन्दर्भमा धेरै नै वहस हुने गरेकाे छ । कतिपयले त याे समिति प्रधानाध्यापककाे एक क्याविनेट जस्ताे मात्र भएकाे र यसले स्वतन्त्रपूर्वक विद्यालयीय हितका लागि काम गर्न नसकेकाे भनी हटाउनु पर्ने तर्क गरिरहेकाे बेला यहाँ यसकाे ओैचित्यता र प्रमुख जिम्मेवारीका बारेमा चर्चा गर्ने जमर्काे गरिएकाे छ ।
संघिय शिक्षा ऐन मस्याैदामा मात्र सिमित भइ रहँदा खास विद्यालय सञ्चालनकाे व्यवस्थापन कस्ताे हुने भनी अन्याैलता कायमै रहेपनि विद्यमान व्यवस्था बमाेजिम विद्यालयमा व्यवस्था भएकाे विद्यालय व्यवस्थापन समितिलाई कार्यान्वयन गर्नुकाे विकल्प छैन । व्यवस्था अनुसार अभिभावकहरु मध्येबाट सर्वसम्मत वा लाेकतान्त्रिक विधि र पद्दति वमाेजिम छानेर पठाएकाे कम्तिमा २ जना महिला सहित ४ जना सदस्य हुने र नीज ४ जनाले विद्यालयका जग्गादाता चन्दादाता सँस्थापक स्थानीय शिक्षाप्रेमी बुद्दिजिविहरु मध्येबाट मनाेनित गरेका २ जना सदस्य हुने अनि यी सदस्यहरु मध्येबाट उनीहरुले नै चयन गरेकाे व्यक्ति अध्यक्ष हुने प्रावधान छ । साेहि बमाेजिम विद्यालय व्यवस्थापन समितिकाे गठन हुँदै आएकाे छ । ऐनकाे व्यवस्थालाई हेर्दा यसले लाेकतान्त्रिक विधि र पद्दतिलाई अवलम्बन गर्दै समावेशिता र साथसाथै विज्ञतालाइ पनि प्राथिमकता दिने प्रावधानकाे व्यवस्था गरेकाे पाइन्छ । त्यसैले विद्यालय व्यवस्थापन समितिकाे गठन गर्दा यी कुराहरुलाई मध्यनजर गर्नु उपयुक्त हुन्छ ।
विद्यालय व्यवस्थापन समितिकाे पदाधिकारीमा निर्वाचित या मनाेनित हुनु भनेकाे शैक्षिक उन्नयनका लागि प्राप्त गरेकाे एक अवसर हाे । याे नितान्त सामाजिक सेवा हाे । यसबाट कुनै किसिमकाे आर्थिक लाभ हुँदैन । यसमा कुनै पारिश्रमिककाे व्यवस्था छैन । तर यसकाे माध्यमबाट एक सामाजिक अभियन्ता र समाज सेवा गर्ने मार्ग प्रशस्त हुन्छ । तसर्थ सेवा भाव भएकाे, सहयाेगी सदाचारी, सम्वन्धित विषयमा विज्ञता र दक्षता हासिल गरेकाे, अनुभवी व्यक्तिले विद्यालय व्यवस्थापनमा अवसर प्राप्त गरेमा विद्यालयलाई शैक्षिक उन्नयनका लागि सहयाेग पुग्दछ । सेवाभावले काम गर्ने तीब्र इच्छाशक्ति भएकाे व्यक्ति, जाे व्यक्तिगत लाभ र स्वार्थ भन्दा माथि उठेर सामाजिक न्यायका लागि काम गर्न कुनै पनि किसिमकाे सम्झौता गर्दैन, बाट विद्यालयमा स्मरण याेग्य कार्यहरु अवस्य हुन्छन् ।
विद्यालय व्यवस्थापन समितिकाे मुख्य कार्य विद्यालयलाई भौतिक तथा शैक्षिक विकासका लागि आवश्यक पर्ने आर्थिक स्राेत जुटाउनु हाे । उक्त बजेटकाे उपलब्धता पश्चात अत्यावस्यकिय भाैतिक व्यवस्थापन र सँग सँगै समय सापेक्ष शैक्षिक व्यवस्थापन का कार्ययाेजना निर्माण गरी र गर्न लागाइ नियमित रुपमा कार्य सञ्चालन गर्न मार्गनिर्देश गर्ने हाे । कार्यक्रम कार्यान्वयनकाे प्रतक्ष अनुगमन र निरीक्षण गरी कार्यमा पारदर्शिता र नियमितता कायम गर्नु विद्यालय व्यवस्थापन समितिकाे दायित्व हाे । विद्यालयकाे आम्दानी र खर्चलाई चुस्त र दुरुस्त राख्न लगाइ मासिक रुपमा अद्यावधिक गराइ वित्तिय अनुशासन कायम राख्दै विद्यालयकाे आवश्यकता परिपूर्तीका लागि स्राेत व्यवस्थापनमा निरन्तर चिन्तनशील हुने कार्य विद्यालय व्यवस्थापन का पदाधिकारिहरुकाे हाे । विद्यालय समुदाय वीच समन्वय गरी विद्यालयीय कृयाकलाप तथा गतिविधिमा जनसहभागिता सुनिश्चित गरी शैक्षिक गुणस्तर अभिवृद्धिका लागि विद्यालय व्यवस्थापन समिति लागि पर्नु पर्दछ । 
विद्यालय व्यवस्थापन समितिकाे गठन एक नियमित प्रकृया हाे । भरसक अभिभावक वीच सर्वसहमतिमा गठन गर्नु उपयुक्त मानिन्छ । यदि सर्व सम्मत भएन भने पनि लाेकतान्त्रिक विधिर पद्दति अवलम्वन गरिनु कुनै नाौलाे कुरा हाेइन । तर यसरी प्रकृया अगाडी बढ्दा विद्यालयीय वृत्तिविकासकाे मुद्दाले प्राथमिकता पाउनु पर्दछ । शैक्षिक सुधार र शैक्षिक गुणस्तर अभिवृद्धिका विषयले प्राथमिकता पायाे भने विद्यालयकाे वृत्तिविकास सम्भव हुन्छ । तर विद्यालयकाे विव्यस गठन काे परिदृष्य नियाल्दा शैक्षिक मुद्दा भन्दा पनि राजनितिक मुद्दाहरु समूहगत वा क्षेत्रगत मुद्दाहरु हावी हने गरेकाे पाइन्छ । विद्यालय संयन्त्रमा आफ्नाे पकट कायमराखी सञ्चालन गर्ने हाेडवाजी चलिरहँदा विद्यालयीय वृत्तिविकासमा मुद्दाहरु ओझेलमा पर्दछन् । विद्यालयका मुद्दाहरु ओझेल पर्नु भनेकाे समुदायकाे र समग्र राष्ट्रकै मुद्दा ओझेलमा पर्नु हाे ।
विद्यालयकाे भाैतिक आर्थिक शैक्षिक र समाजिक व्यवस्थापन गर्ने एक जिम्मेवार निकाय विद्यालय व्यवस्थापन समिति भएकाेले यसमा सिकाइ प्रकृया सँग सुझबुझ भएका, सामाजिक न्यायमा विश्वास गर्ने, दक्षता, क्षमता र सक्षमतामा विश्वास गर्ने, कुनै पनि नाममा काेहि कसैलाई भेदभाव नगर्ने, सामाजिक मूल्य मान्यता र आस्थाहरुकाे संरक्षण र सम्वर्धनमा सदैव सचेत, अधिकार र कर्तव्यकाे ख्याल गर्ने, लगनशील कर्तव्यनिष्ठ र जागरुक व्यक्तिले नेतृत्व पायाे भने नयाँ पिँढिहरुकाे भविश्य उज्वल बन्दछ समय सापेक्ष बन्दछ । विद्यालय व्यवस्थापन समितिले अवलम्वन गरेका कार्यनीति सदैव उदेश्याेन्मुख सफल र स्मरणिय बनुन् ताकी नयाँ पिँढिलाई विद्यालयीय शिक्षा प्राप्त गरि सके पश्चात कुनै किसिमकाे गुनासाे नहाेस् ।
x

Post a Comment

[blogger]

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget