शैक्षिक सुधारमा समर्पित व्लग

 


मौलाउँदै गएको भ्रष्टचार

 कुनै पनि ब्याक्तिले आफ्नो पदीय मर्यादा विपरीत गर्ने सबै किसिमका गैरकानुनी र अनैतिक क्रियाकलापहरू लाई भ्रष्टाचार भनिन्छ ।

सार्वजनिक पदमा रहेका पदाधिकारीहरूले आफूमा रहेको शक्ति र अधिकार व्यक्तिगत हित वा फाइदा पुर्‍याउनको लागि प्रयोग गर्नु नै भ्रष्टाचार हो ।
विश्व बैङ्क का अनुसार व्यक्तिगत फाइदाको लागि सार्वजनिक ओहदा र शक्तिको दुरुपयोग नै भ्रष्टाचार हो ।

ट्रान्स परेन्सी ईन्टरनेशनलका अनुसार सार्वनानिक क्षेत्रमा चाहे त्यो राजनीतिक वा प्रशासनिक होस उनीहरूलाई गरिएको विश्वास वा सुम्पिएको कार्यको गलत र गैर न्यायिक प्रयोग नै भ्रष्टाचार हो ।
भ्रष्टाचार शव्द भ्रष्ट र आचार मिलेर बनेकाे छ । जसमा भ्रष्ट काे अर्थ खराव र आचारकाे अर्थ व्यवहार हुने गर्दछ । यसरी हेर्दा भ्रष्टाचारले खराव मति सहितकाे व्यवहारलाई गर्दछ । भ्रष्टाचार आचारसंहिता विरुद्धकाे कार्य हाे । ताेकिएकाे कार्य सम्पादनकाे क्रममा मापदण्डकाे वेवास्ता गरी गरिने कुनै पनि कार्य भ्रष्टाचार हाे । सेवाप्रदायक सार्वजनिक निकायबाट कार्य सम्पादनकाे क्रममा हुने गरेकाे दुषित कार्य नै भ्रष्टाचार हाे । पदिय कर्तव्य र जिम्मेवारी वहन गर्ने क्रममा सार्वजनिक लाभ र सामाजिक न्यायकाे वेवास्ता गरी व्यक्तिगत लाभ हुनेगरी गरिने कार्य भ्रष्टाचर हाे । अर्थात सार्वजनिक पद धारण गरेकाे व्यक्तिबाट हुने सबै किसिमकाे अनियमितता भ्रष्टाचार अन्तरगत पर्दछ ।
अझ भ्रष्टाचारलाई बुझ्नका लागि केहि उदाहरणहरुलाई हेराैं । एउटा शिक्षकले प्रत्यकेक दिन विद्यालयमा १० बजे हाजिर भएर ४ बजे सम्म आफ्नाे अध्यापनकाे कार्य गर्नु पर्दछ । यदि उनी ताेकिएकाे समयमा विद्यालय आइपुग्दैनन् वा पूरा समय ताेकिएकाे कार्य गर्दैनन् भने त्याे भ्रष्टाचार हाे । एउटा विद्यालयकाे प्रधानाध्यापकले कार्यक्रम सञ्चालनका क्रममा अनियमितता गर्छन् भने त्याे भ्रष्टाचार हुन आउँछ । सामाजिक न्यायका विरुद्ध कार्य गरी पदकाे दुरुपयाेग गर्ने जुनसुकै कार्य भ्रष्टाचार अन्तरगत पर्दछ । कुनै पनि सार्वजनिक पद धारण गरेकाे राष्ट्रसेवकले ताेकिए बमाेजिमकाे कार्य नगर्नु वा कार्य गर्नकालागि रिसवत माग गर्नु भ्रष्टाचार हाे । 
भ्रष्टाचार धेरै किसिमबाट हुने गर्दछ । आफ्नाे कर्तव्य पूरा नगरी सेवामा हुने छली कर्तव्य निर्वाहलाई मात्र ओैपचारिकतामा सिमित गरी कम गुणस्तरकाे सेवा प्रदान गर्ने ठगी काम गरे वापद वा सेवा प्रदान गरे वापत अनाधिकृत रुपमा राखिने सर्त अधिकारकाे दुरुपयाेगगरी राम्रालाई भन्दा हाम्रालाई भनी गरिने व्यवहार आदि सबै भ्रष्टाचार हुन् । तर मानिसहरुले सामान्यतयाः कुनै पनि कार्य सम्पादनका क्रममा हुने आर्थिक अनियमिततालाई लिने गरेकाे पाइन्छ । कर्तव्य निर्वाह गर्ने क्रममा कुनै तरहबाट व्यक्तिगत हित र लाभका लागि पद तथा अधिकारकाे प्रयाेग गर्ने कार्य भ्रष्टाचार हाे । अर्थात सेवामूलक काममा रवाफ र प्रभावका आधारमा आर्जन हुने आय नै भ्रष्टाचार हाे । प्रायः सार्वजनिक सराेकारका विषयमा हुने सबै प्रकारका अनियमितता भ्रष्टाचार अन्तरगत पर्दछन् । 
खासगरी सरकारी सेवा प्रदायक संघसँस्था तथा निकायहरुमा भ्रष्टाचार हुने गरेकाे पाइन्छ । सरकारी निकायहरुमा कार्य सम्पादनका क्रममा तालुकदार निकाय तथा कर्मचारीहरुबाट धेरै नै अनियमितता भएकाे पाइन्छ । पदिय लाभ उठाइ शक्तिकाे प्रयाेग गरी वैयक्तिक र समूहगत फाइदाका लागि विभिन्न किसिमका अनियमितताहरु बढ्दै गएकाे अवस्था छ । राज्यका ठूला निकय देखि साना भन्दा साना निकायहरुमा दिनहुँ भ्रष्टाचारका खवरहरु वाहिरिन थालेका छन् ।
विकासे काम गर्ने प्रयाेजनकालागि गठित उपभाेक्ता समितिहरु सार्वजनिक सेवा प्रदान गर्न स्थापित सेवा प्रदायक निकायहरु स्थानीय क्षेत्रिय तथा राष्ट्रिय रुपमा काम गर्ने संघ संस्थाहरुमा तालुकदारहरुबाट अनियमितता भइरहेकाे छ । सार्वजनिक सम्पत्तिलाई व्यक्तिगत स्वर्थमा प्रयाेग गरी अकुत सम्पत्ति आर्जन गर्ने थलाेका रुपमा यी संस्थाहरुकाे प्रयाेग हुँदै आएकाे छ । कतिपय निकायहरुमा त झन् नियमन र नियन्त्रण गर्ने ओहाेदामा विराजमान हरुबाट नै उक्त अनियमितताकाे संरक्षण भएकाे पनि पाइन्छ । अनियमिततालाई ढाकछाेप गरी भ्रष्टाचारलाई निरन्तरता दिइ संस्थागत भ्रष्टाचार हुने गरेका धेरै घटनाहरु दृष्यमा छन् । नियमन र नियन्त्रण गर्ने निकाय र कार्यान्वयनकाे जिम्मेवारी पाएकाे निकाय विच मिलेमताे भयाे भने अवैधानिक कार्यलाई पनि वैधानिक बनाएर संस्थागत रुपमा भ्रष्टाचार हुने गर्दछ । 
राज्यका संवेदनशील क्षेत्रहरुमा भ्रष्टाचार माैलाउदै जाँदा सेवाग्रहिहरु मारमा पर्ने निश्चित छ । समाजमा अग्रगमन मार्फत सामाजिक रुपान्तरण हुने हाे जसका लागि राजनितिले महत्वपूर्ण भूमिका खेल्दछ । राजनितिले उचित मार्गनिर्देश गरी सामाजिक न्यायलाई सुनिश्चित गर्नु पर्दछ । तर अहिलेकाे अवस्था यसकाे विपरित रहेकाेछ । राजनितिक शक्तिकाे आडमा खुलेआम अनियमितताहुने गरेका छन् । सार्वजनिक सराेकारका विषयमा राजनितिक रवाफ र दबावका कारण उपयुक्त वातावरण निर्माण हुन सकेकाे छैन। आफ्नाे राजनितिक स्वार्थ पुरा गर्नका लागि अनियमितताले प्रस्रय पाइरहेका धेरै नै उदाहरणहरु दिन सकिन्छ । जति नै गम्मीर प्रकृतिकाे अनियमितता भए पनि त्यसलाई ढाकछाेप गरी कालाेलाई गाेराे बनाउने कार्य नराेकिए सम्म भ्रष्टाचार राेक्न सकिँदैन । 

Post a Comment

[blogger]

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget