शैक्षिक सुधारमा समर्पित व्लग

 


विद्यालय समुदाय सहसम्बन्धको आवश्यकता

 


विद्यालय र समुदाय एक अर्काका परिपुरक मानिन्छन् । समुदायका सम्पूर्ण सदस्यहरु र खास गरेर नयाँ सदवस्यहरु अर्थात् नयाँ पिँढीलाई सचेतनाकाे माध्यमबाट विद्यालयले हरेक परिस्थितिकाे सामना गर्दै सहज जीवन यापनका लागि मार्गनिर्देश गर्दछ । याे सामाजिक रुपान्तरणका लागि अतुलनिय याेगदान हाे भलै यसकाे उचित मूल्याङ्कन गरिएकाे हुँदैन समुदायमा किनकी यसकाे प्रतिफल तत्काल देखिँदैन । यसकाे अनुभूति त्यतिबेला हुन्छ जतिबेला एउटा व्यक्ति आफैं जीउने प्रयास शुरु गर्दछ । विद्यालयले समय सान्दर्भिक ज्ञान सीप र अभिवृत्तिकाे माध्यमबाट निरन्तर सामाजिक सचेतना फैलाई समाजलाई समुन्नतीकाे बाटाेमा अगाडी बढ्नका लागि सहयाेग गरिरहेकाे हुन्छ । अझ भनाैं सामाजिक गतिशीलताकाे मुख्य आधार नै विद्यालय हाे ।
समुदायकाे अपनत्व रहने र सहभागितामा सञ्चालन हुने भएकाले नै हामी विद्यालयलाई सामुदायिक विद्यालय भनेर भन्ने गर्दछाैं । विना समुदाय विद्यालयकाे अस्तित्व रहँदैन । समुदायकाे साथ र सहयाेग अनि सहकार्यबाट विद्यालय सञ्चालन हुने हाे । समुदाय विद्यालयकाे स्राेत पनि हाे । विद्यालयीय समस्याहरुकाे समाधान गरी स्थानीय स्तरमा विद्यालयकाे सुदृढीकरण गर्न समुदायकाे अग्रसरता अपरिहार्य छ । विना समुदायकाे साथ र सहयाेग विद्यालयहरु चल्न गाह्राे हुन्छ । यदि चलि गए भने पनि अपेक्षित उपलब्धीहरु प्राप्त गर्न एक दमै कठीन हुन्छ । 
विद्यालयकाे प्रमुख उद्देश्य स्वच्छ शैक्षिक वातावरण निर्माण गरी विद्यालयमा उच्च गुणस्तर कायम राख्दै अपेक्षित उपलब्धीहरुलाई विद्यार्थीकाे पहुँचमा पुर्याउनु हाे । यसका लागि विद्यालय एक्लै काफी छैन । यसका लागि विद्यालयलाई समुदायकाे साथ र सहयाेग चाहिन्छ ।
धेरै सामुदायिक विद्यालयहरु प्रति अभिभावककाे त्यति धेरै चासाे भएकाे पाईंदैन । सामुदायिक विद्यालय प्रति त्यति धेरै चासाे नहुने अनि सँस्थागत तर्फ केहि भएकाे हाे कि जस्ताे दृष्यहरु आजकल देखिन थालेका छन् । विद्यालयीय कृयाकलापमा समुदायकाे सहभागिता खासै नभइ रहेकाे पाइन्छ । आखिर किन यस्ताे भइ रहेकाे छ ?  र के कारणले गर्दा समुदायकाे सहभागिता न्यून हुन गयाे ? सहभागिता बढाउने मुख्य जिम्मेवारी कस्काे हाे ? बेलैमा साेच्नु पर्ने भएकाे छ ।
विद्यालय समुदाय सुसम्बन्ध स्थापित गर्ने मुख्य जिम्मेवारी विद्यालयकाे हाे । समुदाय वास्तवमा विद्यालयकाे सेवग्रही हाे । विद्यालय सेवा प्रदायक सँस्था भएकाले सम्वन्धकाे हात बढाउने कार्य विद्यालयले गर्नु पर्दछ । विद्यालय जति राम्ररी सञ्चालन हुन्छ त्यति नै समुदायले लाभ प्राप्त गर्ने भएकाेले समुदाय पनि विद्यालयप्रति जिम्मेवार बन्नु पर्दछ । 
विद्यालयकाे सम्पूर्ण जिम्मेवारी विद्यालय व्यवस्थापन समितिमा निहित छ भनेर भन्नु हाल सम्म भएकाे व्यवस्था अनुसार त्यति असान्दर्भिक नहाेला । त्यसमा पनि धेरै जसाे जिम्मेवारी विद्यालय व्यवस्थापन समितिका सदस्य सचिव अर्थात प्रधानाध्यापककाे हुने गरेकाे पाइएकाे छ । तसर्थ समुदायसँग समन्वयकारी भूमिका खेल्ने मुख्य कार्य प्रधानाध्यापककाे हाे । 
विद्यालयकाे सम्वृद्धिकाे मूल आधार विद्यालय प्रति समुदायकाे अपनत्व हाे । जति धेरै विद्यालयले सामुदायिक अपनत्व प्राप्त गर्दछ त्यति नै सहज रुपमा विद्यालयले गुणस्तराेन्मुख विद्यालयीय कृयाकलाप सञ्चालन गर्न सक्दछ । तसर्थ सामुदायिक अपनत्व विद्यालयले प्राप्त गर्नै पर्दछ । जसका विद्यालयले समुदायलाई विश्वासमा लिन पर्दछ । विश्वासमा लिने आधार भनेकाे सेवामूखि कृयाकलाम र यसकाे पारदर्सिता । विद्यालयकाे भाैतिक शैक्षिक आर्थिक लगायत सम्पूरंण पक्षलाई विद्यालयले पारदर्शी बनाएर विद्यालयमा नियमितता कायम गर्नु पर्दछ । हरेक पक्षमा हुने पारदर्शिताले विद्यालय विश्वसनीय बन्छ । फलस्वरुप सकारात्मक भावनाकाे विकास भइ विद्यालयले सहानुभूति प्राप्त गर्न सक्दछ र यसले शैक्षणिक कार्यमा समुदायकाे सहभागितालाई आकर्षित गर्दछ ।
पारदर्शितालाई आत्मसात गरी कृयाकलाप सञ्चालन गरेमा यसले विद्यालयमा उपयुक्त सिकाइ वातावरण निर्माण गर्न सहयाेग पुग्दछ ।
समुदाय विभिन्न जातजाति धर्म पेसा वर्ग सम्प्रदाय आदिबाट बनेकाे हुन्छ । ती अनेकताका बावजुद विद्यालयकाे मुद्दामा एकमत सृजना गर्नु र विद्यालय आफ्नै सम्पत्ति हाे यसकाे संरक्षण गर्नु पर्दछ भन्ने भावनाकाे विकास गर्नका लागि विद्यालय सचेत रहनु पर्दछ । साना ठूला सबै खालका विद्यालयीय कार्यहरुमा समुदायलाई आमन्त्रण गरी सुझाव सल्लाह बमाेजिम कार्य गर्नु विद्यालयकाे कर्तव्य हाे । याे कर्तव्य विद्यालयले निभाएमा विद्यालयमा सामुदायिक सहभागिता अभिवृद्दि स्वतः हुन्छ ।
धेरै जसाे ठाउँमा विद्यालयप्रति जनचासाे कम भएकाे यथार्थ हामी सामु छ । आफ्ना नानीबाबुहरुलाई विद्यालयमा पठाउने तर विद्यालयीय गतिविधिमा खासै सहभागिता नहुने गरेकाे पाइएकाे छ । कतिपय ठाउँमा त विद्यालयीय गतिविधि प्रति चरम असन्तुष्टि व्यक्त गर्ने तर विद्यालयमा गएर त्यसकाे समाधानका लागि छलफल नै नगर्ने गरेकाे पनि पाइन्छ । त्यसै गरी विद्यालयकर्मीहरुलाई विभिन्न बिल्ला लगाइ दिएर यसैका आधारमा व्याख्या गर्ने गरेकाे पनि पाइन्छ । यस्ताे परिस्थितिमा राम्राेलाई पनि नराम्राे भन्ने र नराम्रै भए पनि राम्राे भनेर अवफाह फैलाउने गरिन्छ । याे अत्यान्तै निन्दनीय कार्य हाे । यस्ताे अवस्था एकदमै विकराल अवस्था हाे । It does no good. विद्यालय भनेकाे नयाँ पिँढिकाे भविश्य काेरिने ठाउँ हाे । यहाँ हजाराैं भविश्यका कर्णधारहरुकाे भाग्यरेखा काेरिने गर्दछ । अतिकति मात्रै लापरवाही वा हेलचेक्र्याईं भएमा यसले भविश्यकाे सन्ततीलाई दीर्घकालिन असर पुग्नेछ भन्ने कुरामा अभिभावक वर्ग सचेत हुनै पर्दछ ।
विद्यालय भन्ने वित्तिकै हाम्राे समाजमा प्रधानाध्यापक र वर्गलाई बुझ्ने गरिन्छ । शिक्षकहरुकाे पदिय आचरण नै विद्यालयकाे पहिचान बनेकाे छ । तसर्थ प्रधानाध्यापक र शिक्षक वर्गले आफ्नाे पदिय हैसियत र जिम्मेवारीलाई चुस्त र दुरुस्त पार्नु पर्दछ । शिक्षक वर्गले सामुदायिक मुल्य मान्यता र आस्थाहरुकाे सम्मान गर्दै संरक्षण र सम्वर्धनमा सदैव सहयाेग गर्नु पर्दछ । आचारसंहिताकाे पूर्ण पालना गरी आफूलाई कर्तव्यनिष्ठ सावित गर्नु पर्दछ । सार्वजनिक पद धारण गरेकाे हरेक व्यक्तिले प्रत्येक कार्य गर्दै गर्दा हाेस पुर्याउनु पर्दछ । सामुदायिक मान र प्रतिष्ठमा आँच आउने गरी कुनै पनि अभिव्यक्ति दिन वा व्यवहार प्रदर्शन गर्नु हुँदैन ।
सेवाग्रहि ले माग राख्न सक्छ रिसाउन सक्छ झगडा गर्न सक्छ तर सेवा प्रदायक सँस्थले संयमता अपनाउनु पर्दछ । विद्यालयप्रति समुदायकाे आक्राेश नहुने हाेइन हुन सक्छ किनकि समुदायले प्रतिफललाई हेर्ने गर्दछ जुन चित्त बुझाउन सकिने किसिमकाे खासै छैन । त्यसमा पनि शिक्षणकाे प्रतिफल तत्काल भन्दा पनि केहि समय पछि मात्र अनुभूति गर्न सकिन्छ । त्यसैले यस कुरालाई सकारात्मक ढंङ्गबाट लिइ सिकाइका लागि समुदायकाे पनि उत्तिकै जिम्मेवारी हुन्छ भन्ने यथार्थ बुझाउनु पर्दछ । 
काेहि कसैले असन्तुष्टि पाेखिरहँदा कार्यकाे आलाेचना गरिरहँदा त्यसालई सहज रुपमा लिइनु पर्दछ । यदि साँच्चै नै कमि कमजाेरी भएका छन् भने त्यसलाई स्वीकार गरी सच्याएर अगाडी बढ्ने इच्छाशक्ति विद्यालयले देखाउनु पर्दछ । सँग सँगै प्रतिवादमा उत्रे सम्बन्ध झनै जटिल बन्न पुग्दछ । नेतृत्व रिसाउने हाेइन नेतृत्वले रिझाउने हाे ।
विद्यालयीय गतिविधिमा यदि समुदायकाे न्यून चासाे र सहभागिता भयाे भने प्रश्न विद्यालय तर्फ नै तेर्सिन्छ । यस्ताे अवस्थाले विद्यालय नेतृत्वकै समन्वयकारी भूमिका माथि प्रश्न उठ्न सक्छ । सामुदायिक सहभागिता विना विद्यालय जसाे तसाे चल्न त चल्ला तर खास उत्पादनमुखि कार्य सम्पादन  हुन भने पक्कै कठिन हुन्छ । तसर्थ विद्यालय समुदायकाे साथ सहयाेग र सहकार्य नै विद्यालयीय विकासकाे प्रमुख आधार हाे ।

Post a Comment

[blogger]

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget