शैक्षिक सुधारमा समर्पित व्लग

 


सम्वृद्धिका लागि नियमितता

 


सामाजिक प्राणी भएकाले नै हाे मानिस सामाजिक कृयाकलापकाे समिपमा रहि हरेक पाटा र पक्षकाे वारेमा गहन अध्ययन र अनुसन्धान गर्ने गर्दछ । सकारात्मक कृयाकलापकाे माध्यमबाट सामाजिक रुपान्तरण गर्नु उसकाे सामाजिक हैसियत पनि हाे । तसर्थ समाजमा घट्ने हरेक घटनामा उसकाे प्रतक्ष वा अप्रतक्ष संलग्नता हुने गर्दछ । यदि उ सचेत नागरिक हाे भने, यदि उ सामाजिक सद्भाव सहयाेग सहकार्य र समृद्धि चाहन्छ भने पक्कै पनि उसकाे ध्येय समग्र सामाजिक उत्थान र प्रगतिमा हुने गर्दछ । समाजमा शान्ति मैत्रि र सुसम्वन्ध स्थापित गर्दै सुशासनकाे माध्यमबाट समृद्धि तर्फकाे यात्राका लागि उसका हरेक पाइलाहरु अग्रसर भएका हुन्छन् । र त्यस्ताे व्यक्ति नै समाजकाे नाइके बन्न याेग्य हुन्छ । जब व्यक्तिले आफूलाई वैयक्तिक लाभबाट माथि राखेर सामुहिक हित र न्यायका लागि अडिक बनाउँछ त्यस्ताे व्यक्ति सवैकाे प्रिय हुन्छ र समग्र समाजिक रुपान्तरण गर्नका लागि एक याेग्य लिडर बन्न सक्दछ ।
 लाेकतान्त्रिक अभ्यास हुँदै जाँदा समाजमा धेरै परिवर्तन भएका छन् । परिवर्तन सँगै जीवन परिष्कृत हुँदै जानु पर्छ र जाँदै छ । अधिकारहरुकाे प्राप्तिले जीवन सहज र सरल बन्दै जाँदा उत्तिकै मात्रामा चुनाैती पनि थपिँदै गएका छन् । अधिकारकाे सहि सदुपयाेग हुन नसक्दा अधिकार सम्वन्धि सचेतना र साथ साथै आउने कर्तव्य ओझेलमा पर्दा समाज दिनदिनै समस्यामा फस्दै गएकाे अनुभूति हुन थालेकाे छ । राजनितिले समाजलाई सहि मार्गदर्शन गर्नु पर्ने हाे तर यसले सामूहिक पद्दति र हितका लागि कार्य नगरी व्यक्तिगत  स्वर्थलाई प्रश्रय दिइरहँदा समाजमा भेदभाव, अशान्ति, द्वन्द र द्वेस बढ्दै गएकाे देखिन्छ । समाज जुटकाे अवस्थाबाट क्रमश फुटकाे संघारमा जान लागेका धेरै उदाहरणहरु अचेल सामान्य बन्न थालेका छन् । सदियाैं देखि चार जात छत्तिस वर्णकाे साझा फुलवारीमा शान्ति  मैत्रि सहिष्णुता  समन्वय सहयाेग र सहकार्यकाे  बाटाे अवलम्वन गरि एकतावद्ध भइ जीवन व्यतित गरिरहेका आम नागरिकहरुविच विभिन्न नाममा द्वन्द र भेदभाव हुन थालेकाे छ । यसै गरी समाज अगाडी बढ्दै जाने हाे भने सामाजिक विखण्डन अवश्यम्भावी छ ।
सरकारी संयन्त्रहरुमा  अनियमितताहरु बढ्न थालेका छन् । विकासमा सर्वसाधारणकाे केहि हदसम्म त पहुँच पुगेकै हाे तर पनि त्यसकाे उचित अनुगमन तथा नियमन हुन नसक्दा साेचे बमाेजिमकाे कार्य हुन सकिरहेकाे छैन । सामाजिक सँघ संस्थाहरुकाे कार्य पनि त्यति पारदर्शी हुन सकेकाे छैन । सराेकारवालाहरुकाे मुख ताक्ने प्रवृत्तिले नियमन र नियन्त्रणमा कठिनाइ उत्पन्न भएका धेरै घटनाहरु देख्न सकिन्छ । तत्कालका समस्याबाट गुज्रिनु पर्ने वाध्यता भएकाे वर्गले त यसमा पहुँच बनाउने कुरा नै भएन । तर आफूलाई सामाजिक अभियन्ताका रुपमा स्थापित गराउन मन पराउने र भनिन रुचाउनेहरुबाट पनि यस्ता कार्यमा वेवास्त हुँदा समाज थप जटिलता तर्फ धकेलिँदै छ । 
पाटी, पाैवा, मठ, मन्दिर, धर्मशाला, पाठशाला,बाटाे घाटाे ,पुल पुलेंसा आदि नै त हुन् नी सामाजिक रुपान्तरणका परिसूचाङ्क । यिनीहरुमा हुने नियमितताले पक्कै पनि सामाजिक विकास र रुपान्तरणलाई सहज बनाउन मद्दत गर्दछ । थाेपा थाेपा बाट नदि बने झैं साना साना कार्यबाट ठूलाे परिवर्तन हुन सक्दछ । तर यसकाे खासै वास्ता गरिएकाे पाइन्न । सामाजिक मूल्य मान्यता आस्थाहरुकाे संरक्षण र संवर्धन नगरि पक्कै पनि परिवर्तन सम्भव नहाेला । सार्वजनिक सम्पत्तिमाथिकाे रेखदेख नभएमा हाम्राे प्राकृतिक धार्मिक एैतिहासिक र पुरातात्विक धराेहरहरुकाे संरक्षण हुन सक्दैन र आफ्नाे पहिचानलाई जिवन्त राख्नका लागि यसकाे संरक्षणमा जुट्नु नागरिक कर्तव्य पनि हाे भन्ने कुराकाे त्यति धेरै हेक्का नराखिँदा नयाँ पिँढिमा समेत नकारात्मक संदेश प्रवाहहुने खतरा बढ्दै गएकाे पाइएकाे छ । 
त्यसैले म हामी र तपाईं आजै बाट समाजमा देखा परेका र पर्ने संभावना बाेकेका समस्याहरुकाे न्यूनिकरणका लागि एक हुनु जरुरी छ । 

Post a Comment

[blogger]

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget