शैक्षिक सुधारमा समर्पित व्लग

 


परिवारको सम्वृद्धि र हाम्रा बुवा

 


हामी पितृ सतात्मक सामाजिक पद्दतिमा छाैं । हाम्राे परिवारकाे मुख्य मान्छे हाम्राे बुबा हाे । त्यसैले पारिवारिक कर्तव्य र जिम्मेवारी वहाँकै काँधमा छ । पारिवारिक खुशी सुख र सम्वृद्धि वहाँकै याेजना र त्यसकाे  सफल कार्यान्वयनमा भर पर्दछ । बुबा हरेक परिवारकाे अभिभावक हाे । परिवारकाे सम्पूर्ण दुःख लुकाउने एक आश्रय हाे ।
हाम्राे बुबा अरु भन्दा अलि पृथक हुनुहुन्छ । हुन त हरेक लाई आफ्नाे बुबा अरु भन्दा भिन्न नै लाग्छ, बढि नै सुझबुझ भएकाे, सुखमा नमात्तिने, दुःखमा नआत्तिने आड र भराेसाकाे प्रतिक कर्तव्यनिष्ठ र परिवार प्रति पूर्णरुपमा प्रतिवद्ध र उत्तरदायि सबैलाई समानताकाे दृष्टिले हेर्ने, सबैकाे अस्तित्व स्विकार गरी भावनाकाे कदर गर्ने, सामुहिक निर्णयमा विश्वास गरी सहभागितामूलक कृयाकलापमा जाेड दिने । याे हरेक ले आफ्नाे परिवारमा गर्ने अनुभूति हाे । 
जहाँ सम्म हाम्राे बुबाकाे कुरा छ वहाँमा माथि उल्लेखित कत्ति पनि गुणहरु छैनन् । मैले यसाे भनिरहँदा पत्याउन गाह्राे परिरहेकाे हाेला हैन जिज्ञासा उत्पन्न भइरहेकाे हाेला कि के यि गुणहरु विना काे पनि बुबा हुन सक्छ र भनेर । तर अफसाेच हाम्राे बुबा तेस्तै हुनुहुन्छ जुन तपाईंलाई कल्पना गर्न पनि कठिन भइरहेकाे छ ।
पारिवारिक सराेकारका हरेक विषयमा वहाँ आफू एक्लै निर्णय लिन मन पराउनु हुन्छ । वहाँलाई काेहि कसैले कुनै किसिमकाे सुझाव दिएकाे पटक्कै मन पर्दैन । वहाँमा एक प्रतिभा छ । त्याे के हाे भने कुनै पनि आफूलाई लागेकाे कुरामा आफूले जस पाउने कुरामा निर्णय लिन ढिला गर्नु हुन्न । चाहे त्याे पारिवारिक हित का लागि हाेस् या नहाेस् वहाँ यस विषयमा त्यति अल्मलिन चाहनुहुन्न । वहाँलाई लाग्याे आवश्यक छ त्याे तत्काल कार्यान्वयनमा आउँछ । तर अरुले सिफारिस गरेकाे कुनै अव्वल याेजना नै किन नहाेस् वहाँ त्यसलाई रद्दिकाे टाेकरीमा फाली दिनु हुन्छ ।

हाम्राे बुबा परिवारका सदस्यहरुसँग त्यति धेरै हेलमेल गर्न मन पराउनु हुन्न । जे जस्ताे सुकै क्षमता र सक्षमता भएकाे भए पनि त्यसलाई वहाँ वास्ता गर्नु हुन्न । भरसक आफूले भन्दा अरुले राम्राे काम गराेस् भन्ने कुरा वहाँकाे कल्पना भन्दा वाहिरकाे कुरा हाे । काेहि काेहि बेला वहाँ कुनै कुनै कार्यका क्रममा एक्लै नभएकाे हाे कि जस्ताे पनि देखिन्छ । आवश्कता अनुसार कसैलाई काखी च्याप्ने र काम सकिए पछि लात हान्ने वहाँकाे पुरानाे बानी हाे । कसलाई कति बेला साथमा लिने र कसलाई वहिष्कृत गर्ने भन्ने कुरा मेराे बुबालाई वाहेक कसैलाई पनि थाह हुन्न ।
कुनै पनि कार्यकाे समाप्ति पछि प्राप्त भएकाे प्रतिफल आक्कल झुक्कल हेर्ने वहाँकाे बानी छ । जति नै राम्राे कार्य सम्पादन गरे पनि वहाँकाे घैंटाेमा कहिल्यै पनि घाम लाग्दैन । वहाँले कति धेरै आलाेचना र असंतुष्टि प्रकट गर्नु हुन्छ भन्ने कुरा वहाँकाे मुडमा भर पर्दछ । आमा सँग ठाकठुक  हुँदा सबै सँग रिस पाेख्ने वहाँकाे बानी नै हाे ।
परिवारका पुराना अनुभवी र अपनत्व वहन गरी जिम्मेवारीपूर्वक कार्य सम्पादन गर्ने सदस्य भन्दा नयाँ सदस्यहरुसँग वहाँ अलि निकटता कायम राख्न रुचि देखाउनु हुन्छ । यसकाे कारण के हाे भने पुराना हरुलाई वहाँकाे बानी व्यवहारकाे ज्ञान भइसकेकाे हुन्छ र नयाँलाई थाहा हुँदैन । वहाँकाे हरेक कार्यमा हँ मा हँ मिलाउन सक्ने पात्र वहाँकाे प्रिय पात्र हाे र उसले केहि लाभांश पनि पाउन सक्ने सम्भावना रहन्छ ।वहाँकाे व्यवहार वा कार्यमा असहमति प्रकट गर्नु भनेकाे अरिङ्गालकाे गाेलाेमा ढुङ्गा बर्साउनु जस्तै हाे । 
पारिवारिक आवश्यकता पुरा गराउनका लागि आवश्यक पर्नेले वहाँलाई धेरै पटक धाओस् र पटक पटक प्रार्थना गराेस् भन्ने वहाँकाे धारणा वहाँकाे व्यवहारबाट बुझ्न कठिन छैन । छाराछाेरीहरुसँग वहाँ समान व्यवहार गर्नु हुन्न । वहाँकाे इशारामा नाच्ने वहाँका अन्धभक्तहरुलाई वहाँ जस्ताे सुकै वहुमुल्य बस्तु पनि दिन तत्पर हुनुहुन्छ भने अन्यलाई वहाँकाे हातबाट फुटेकाे काैडी पनि फुत्किँदैन । 
हाम्राे बुबा अरुले आफूलाई मान सम्मान गराेस् आदर सत्कार गराेस् भन्ने चाहनुहुन्छ । राम्राे सँस्कार सिकाेस् भन्नु हुन्छ, सबै बुबाहरुले झैं । तर वहाँ वहाँकाे बुबाआमा हाम्रा हजुरबा हजुरआमा हरुलाई त्यति वास्ता गर्नु हुन्न । चाड पर्व उत्सवहरुमा वहाँहरुलाई बाेलाउने वहाँहरुकाे सल्लाह सुझाव लिने पारिवारिक विवरण बुझाउने र पारिवारिक याेजना प्रस्तुतगरी कार्यान्वयनकालागि सहमति लिने कार्य गर्न इच्छाशक्ति देखाउनु हुन्न । यदि कदमकदाचित बाेलाइ हाल्नु भयाे भने पनि वहाँहरुकाे धारणा सुन्नु भन्दा पनि वहाँकाे आफ्ने धारणा व्यक्त गरी वहाँहरुलाई साक्षिकाे भूमिका निर्वाह गर्न लगाएर जान वाध्य गराउनु हुन्छ । पारिवारिक मुल्य मान्यता र आस्थाहरु वहाँका अगाडी छाँयामा पर्दछन् ।
नानी नातीनाहरु प्रति वहाँ त्यति धेरै संवेदनशील हुनुहुन्न कि भन्ने भान जाे काेहिलाई सहजै हुने गर्दछ । नाती नातीनाहरु अनुशासित हुनु पर्दछ घरमै बस्नु पर्दछ । बाहिर कतै जानु हुँदैन । वहाँकाे याे आदर्श हाे । तर नाति नातीना हरुकाे कार्य प्रगति र लगावका बारेमा वहाँ साेधखाेज खासै गर्नु हुँदैन । छाेराछाेरीहरुले के कसरी कार्य गरिरहेका छन् ? उनीहरुले कसरी बालबच्चाकाे रेखदेख र मार्गदर्शन गरेका छन् ? उनीहरुकाे के कत्तिकाे संरक्षण भएकाे छ ? छाेराछाेरीकाे कार्य प्रति लगाव छ कि छैन ? यसमा वहाँकाे खासै चासाे हुँदैन । वहाँ यति चाहनुहुन्छ कि वहाँकाे आदेश छाेराछाेरीले खुरुक्क मानुन् र नातीनातीनाहरु वहाँलाई देख्दा डराउन् ।
हरेक परिवारकाे सपना हुन्छ । त्याे सपना परिवारकाे सुख शान्ती र समृद्धिसँग जाेडिएकाे हुन्छ । यसका लागि परिवारमा सहभागितामूलक कृयाकलापकाे आवश्यकता पर्दछ । कामकाे बाँडफाँड, लगनशीलता, नियमितता सहकार्य र सहयाेग बाट मात्र परिवारमा समृद्धि प्राप्त हुन्छ । तसर्थ हाम्रा बाहरु जसले पारिवारिक नेतृत्वकाे जिम्मेवारी प्राप्त गरेका छन् परिवार प्रति जिम्मेवार भइ कर्तव्यनिष्ठ हुन आवश्यक छ ।

Post a Comment

[blogger]

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget