नेपालकाे शैक्षिक विकासक्रमलाइ नियाल्ने हाे भने प्राचीनकालमा गुरुकाे आश्रमबाट शिक्षाकाे शुरुवात भएकाे पाइन्छ जसलाइ हामी गुरुकुल शिक्षा भनेर अहिलेकाे आधुनिक युगमा चिन्ने गर्दछाैं । वास्तवमा सत्ज्ञान सत्वुद्धि सत्कर्म र सद्चिरत्रकाे प्राप्तिका लागि गर्ने र गराइने काम शिक्षण हाे । यस्ताे सत्कार्य गराउने कर्तालाइ गुरु भनिन्छ । प्राचीनकालका यीनै गुरुहरु अहिलेकाे उत्तर आधुनिक युगमा आइपुग्दा शिक्षककाे नामले तपाईं हामी सामु चिनिदै आएका छन् ।
कालान्तरमा व्यक्तिलाइ चरित्रवान् बनाइ एउटा सभ्य समाज निर्माणका लागि गुरुहरु कृयाशील हुनुहुन्थ्याे ।
शिष्यहरु गुरुकाे आश्रममा गएर आफूलाइ आवश्यक परेकाे ज्ञान प्राप्त गर्दथे भने अहिले विद्यालयमा गएर ओैपचारिक ढंगबाट शिक्षकहरुकाे सहजीकरणमा शिक्षा प्राप्त गरिन्छ । समयकाे परिवर्तन सँगै मानवका आकांक्षा र आवश्यकतामा वृद्धि भएकाे छ । फलस्वरुप ज्ञानकाे क्षेत्र व्यापक बनेकाे छ । एउटा व्यक्तिलाइ उसकाे सर्वाङ्गिण विकासकालागि उसैकाे इच्छा चाहाना र रुची अनुसार आवश्यक पर्ने ज्ञान सीप र अभिवृत्ती प्राप्त गर्ने वातावरण सृजना गर्ने कार्य आफैंमा जटिल कार्य हाे । याे जटिलतालाइ निपुणतापूर्ण ढंगले सरलीकृत गर्न आवश्यक पर्ने नयाँ उपागमकाे निरन्तर खाेज र अनुसन्धान गर्ने पेसा हाे शिक्षण र अविछिन्न सिकाइका समस्याकाे समाधानका लागि चिन्तनशील पेसाकर्मी हाे शिक्षक ।
शिक्षकमा विषयवस्तुकाे पर्याप्त ज्ञान सिकारु सम्वन्धी ज्ञान शिक्षण विधि सम्वन्धी ज्ञान सञ्चार र सहकार्य सम्वन्धी ज्ञान पेसागत विकास तथा आचारसंहिता तथा प्रविधि सम्वन्धी ज्ञान अपरिहार्य हुने कुरा सर्वविधितै छ । शिक्षक उच्च नैतिकवान् तथा चरित्रवान् हुनुपर्दछ यसमा कुनै शंका छैन । तथापी नेपाली समाजमा शिक्षकप्रतिकाे धारणा त्यति सकारात्मक देखिदैन । सकारात्मक साेचले मा हाैसला प्रदान गर्छ भने नकारात्मक साेचले वितृष्णाकाे वीज छर्छ । र वितृष्णाविचकाे कार्य उदेश्याेन्मुख पक्कै हुँदैन ।
शिक्षकलाई एउटा साधारण पेसाकर्मीकाे रुपमा लिइन्छ र यसाे सरसर्ती हेर्दा त्याे देखिन्छ पनि त्यस्तै । राज्यले अन्य सेवा क्षेत्रका पेसाकर्मीलाई जस्तै सेवा सुविधा प्रदान गरेकै छ । अझ भन्ने हाे भने अन्य पेसाकर्मी भन्दा वढी विदा सुविधा उपभाेग गर्ने शिक्षक नै हुन्छन् सर्वसाधारणकाे नजरमा । तर वास्तविकता याे हैन जाे देखिन्छ । राज्य संयन्त्रबाट शिक्षकहरु उत्पिडित छन् । राज्यले अन्य कर्मचारी सरह मानेकाे छैन र विभेद गरेकाे छ धेरै कुराहरुमा । यसबाट पनि शिक्षकप्रति समुदायकाे साेच राम्राे बनिरहन सकेकाे छैन ।
यदाकदा शिक्षककाे आचारसंहिता माथि प्रश्न खडा हुने गरेका घटना पनि नघटेका भने छैनन् । यस विषयमा शिक्षक स्वयंले मनन गर्न आवश्यक छ । शिक्षककाे कार्य असल व्यवहारका लागि मार्गदर्शन हाे । शिक्षक विद्याथीृकाे राेलमाेडल हाे । तसर्थ शिक्षककाे व्यवहार नक्कल गर्न याेग्य हुन आवश्यक छ र एउटा शिक्षक यस विषयमा सचेत हुन जरुरी छ ।
शिक्षक एउटा पेसाकर्मी मात्त्र नभएर एउटा अभिभावक पनि हाे । साँच्चै भन्नु पर्दा उ अभिभावकका सयाै नानी बाबुहरुकाे दाेश्राे आमाबाबु हाे जसले साना साना नानीबाबुहरुलाई सुमार्गमा हिड्नका लागि पथप्रदर्शन गर्दछ । आफ्ना नानीबाबुहरुकाे भविष्यकाे लक्ष हासिल गराउनका लागि अनवरत खटि रहने चिन्तनशील प्राणी शिक्षक हाे भन्ने यथार्थलाई हामीले भुल्न हुन्न ।
शिक्षणलाइ सफल र प्रभावकारी बनाउनका लागि उचित सिकाइ वातावरण निर्माण गर्नु पर्दछ जसका लागि शिक्षक र विद्यार्थी विच सुमधुर सम्वन्ध स्थापित हुन आवश्यक छ । सुमधुर सम्वन्धले सकारात्मक वातावरणकाे निर्माण गर्दछ अनि सकारात्मक वातावरणले सहकार्य र सहयाेग लाइ प्रश्रय दिन्छ जुन शिक्षणका लागि नभइ नहुने कुरा हाे ।
विद्यार्थी स्वभावैले आफूभन्दा ठूलाे मान्छेकाे व्यवहारले प्रभावित भई त्यसकाे अनुशरण गर्दछन् । यदि तपाईं हाम्राे व्यवहार नै सकारात्मक छैन भने उनीहरुबाट सकारात्मक व्यवहारकाे परिकल्पना गर्नु व्यर्थ हुनेछ । यस बारेमा मनन गर्न आवश्यक देखिन्छ ।
शिक्षक मानव नै हाे । मानव बाट भूलचुक हुनसक्छ याे मानवीय गुण नै हाे । शिक्षकका अन्जानमा भएका भूलचुकहरुमा सचेत गराउनु तपाईं हाम्राे दायित्व हाे । शिक्षक पनि आफ्ना कमि कमजाेरी लाई आत्मसाथ गरी निरन्तर आफ्नाे पदीय दायित्वप्रति समर्पित हुनु पर्दछ । शिक्षण पूजा हाे यसलाई सभ्य र भव्य बनाइ नवसन्ततीकाे भविश्य निर्माणमा लागि चिन्तनशील हुनु तपाईं हाम्राे जिम्मेवारी हाे ।
शिक्षणलाई सफल र प्रभावकारी बनाइ जीवनाेपयाेगी शिक्षाकाे सुनिश्चितता एक जटिल कार्य हाे । याे एउटा शिक्षककाे मात्र प्रयासमा संभव नहाेला । त्यसैले अव म तपाई र हामी यसमा प्रतिवद्ध हाेओैं ।
गाेविन्द भट्टराई
शिक्षक
हाेमराज लाेहनी शारदा शिक्षा सदन माध्यमिक विद्यालय
भानु २ नारेश्वरटार तनहुँ
Post a Comment