शैक्षिक सुधारमा समर्पित व्लग

 


प्रविधिमैत्री शिक्षण अहिलेको आवश्यकता

पछिल्लाे समय सूचना तथा संचार प्रविधिमा भएकाे विकासका कारण मानिसहरुकाे रुचि सामाजिक सञ्जाल तर्फ खिचिएकाे छ । बालक देखि बृद्ध सम्म मा यसकाे निकटता बढ्दै गइरहेकाे छ । हुन पनि जुनसुकै विषय र क्षेत्रका जानकारी सामाजिक सञ्जालबाट सहज रुपमा प्राप्त गर्न सम्भव भएर नै हाेला याे अवस्था सृजना भएकाे हाेला । आफ्नाे रुचि बमाेजिमका विषय र क्षेत्र सँग सम्वन्धित जिज्ञासाकाे निराकरणका लागि समेत आजकल सामाजिक सञ्जालकाे प्रयाेग हुने गरेकाे पाइन्छ । विना कसैकाे सहयाेग र सहकार्य विना आफ्ना आवश्यकताहरु स्वतन्त्ररुपमा पुरा गर्न सम्भव भएकै कारण अहिलेकाे नयाँ पिँढिकाे सामाजिक सञ्जाल सँगकाे सामिप्यता झनै बढ्दै गएकाे छ ।
वयस्कहरुलाई लक्षित गरेर प्रयाेगमा ल्याइएका फेसबुक ट्वीटर ह्वाट्स याप जस्ता सामाजिक सञ्जालहरुमा फेक डाटा राखेर अकाउण्ट निर्माण गरी अनाधिकृतरुपमा चलाउने प्रचलन पनि बढ्दाे छ । अहिलेकाे पिँढि परम्परागत पद्दति भन्दा माथि उठेर डिजिटल पद्दतिमा पुगि सकेकाे छ । फलस्वरुप उनीहरु विद्यालयकाे परम्परागत सिकाइ पद्दति प्रति असन्तुष्ट भइ क्रमश सिकाइ प्रकृयाबाट टाढा हुँदैछ । सिकाइका लागि सिकारुकाे ध्यान आकर्षण गर्न नसक्दा विद्यालयहरुकाे सिकाइ उपलब्धी ओरालाे लाग्दाे अवस्थाबाट गुज्रिदै गएकाे छ ।


सिकारु सिकाइका लागि अनुत्प्रेरित भइ सकृयतापूर्वक भाग नलिनु वा ओैपचारिकताका लागि मात्र सहभागिता जनाउनुका पछाडी धेरै कारण हरु छन् । ती कारण हरु मध्येकाे एक कारण पछिल्लाे समय तीब्र विकास भएकाे सूचना तथा सञ्चार प्रविधि हाे । अहिलेकाे पिँढि सामाजिक सञ्जालकाे प्रयाेगमा यति धेरै लिप्त भइसक्याे कि अब उ त्याे चाहेर पनि छाेड्न सक्ने अवस्थामा छैन । समयसँगै नयाँ प्रविधिसँग परिचित  हुनु र प्रयाेग गर्नुलाई नकारात्मक रुपमा लिन नमिल्ला किनकि हाम्राे शिक्षाकाे उदेश्यहरु मध्येकाे एक उदेश्य नै आधुनिक प्रविधिसँग परिचित भइ राष्ट्रिय तथा अन्तराष्ट्रिय राेजगारीका लागि सक्षम नागरिक तयार गर्नु हाे । तसर्थ विद्यार्थीकाे रुचि बमाेजिमकाे सिकाइ वातावरण निर्माण गरिनु पर्दछ । तर विद्यालयहरुमा प्रविधिकाे प्रयाेगमा त्यति धेरै चासाे दिइएकाे पाईंदैन । केहि विद्यालयहरुमा यथेष्ट रुपमा प्रविधि सामग्रि नभित्रिएकाे पनि हाेला । तर  धेरै जसाे विद्यालयहरुमा यसकाे उपलब्धता छ । नेपाल सरकार मातहतका शिक्षा सम्वन्धी निकायहरुबाट  आइसिटिका नाममा कम्प्युटर ल्यापटप प्राेजेक्टर र प्रिन्टर अनुदान नपाएका विद्यालयहरु सायदै नहाेलान् । तर ति विद्यालयहरुले ति सामग्रिहरु खासै प्रयाेगमा ल्याएका छैनन् । खरिद गरेर विद्यालयसम्म ल्याएका कतिपय सामग्रिहरु गुणस्तरहिन हुने गरेकाे पनि पाइने गरेकाे छ । गुणस्तरीय सामग्रि नै भए पनि कतिपय विद्यायहरुमा प्रयाेगकाे अभावमा त्यसै थन्केर बसेका र धुलाेका कारण सफाइ अभावमा त्यसै विग्रिका वा विग्रिने अवस्थामा पुगेका पनि देखिने गरेकाे छ । राज्यले लगानी गर्ने तर कार्यान्वयन गर्ने निकायकाे वेवास्ताका कारण सरकारी लगानी बालुवामा पानि सरह बन्न पुगेकाे यथार्थमाथि आँखा चिम्लिन नमिल्ला ।
अहिलेकाे विद्यार्थी प्रविधियुक्त सिकाइ प्रकृया चाहन्छ किनकि उ नियमन र नियन्त्रणका वावजुद प्रविधिसँग परिचित भइसकेकाे छ । अब परम्परागत रुपमा व्याख्यान विधिकाे प्रयाेग गरेर अध्यापन गर्ने कार्य प्राय असम्भव नै भइसकेकाे छ ।
विद्यालयसँग सम्वद्ध निकायहरुकाे ध्यान विद्यालयकाे भाैतिक व्यवस्थापन अन्तर्गत विद्यालयकाे भवन निर्माणकाे  कार्यमा हुने गरेकाे छ । नारामा गुणस्तरीय शिक्षा भने पनि पद प्राप्तिका लागि अस्थायी याेजना देखाइए पनि ठाेस रुपमा कुनै कार्य हुने गरेकाे पाइदैन । विद्यालय प्रशासकहरु विना कुनै याेजना विद्यालयलाई हाँकि रहेका छन् । कतिपय विद्यालयहरुले त यथेष्ट आम्दानी भए पनि उक्त आम्दानीलाई वैयक्तिक निर्णयकाे भरमा या सराेकारवाला निकायकाे सहमतिमा ओैचित्यता पुष्टि नगरिकन भाैतिक निर्माणकाे कार्यमा खर्च गरी विद्यालयलाई आर्थिक भार थप्ने कार्य समेत गर्दै आएका छन् । विद्यालयकाे बजेटलाई याेजनावद्ध नगरि अड्कलबाजीका भरमा खर्च गरी घाटा देखाइ सदैव अभावकाे स्थिति सृजना गरी गुणस्तर अभिवृद्धिकाे कार्यक्रमलाई ओझेलमा पार्ने कार्य समेत हुँदै आएका दृष्यहरु देखिने गरेका छन्।  
यदि साँच्चै विद्यालयमा गुणस्तरीय शिक्षा चाहने हाे भने विद्यार्थीहरुलाई उत्प्रेरित भएर सकृयतपूर्वक सिकाइका लागि तयार बनाउने हाे भने विद्यालयकाे वित्तिय अनुशासन कायम गरी प्रविधिमा लागनी गर्नु पर्दछ । प्रत्येक कक्षामा प्रविधिकाे प्रयाेग गरेर अध्यापन गर्ने वातावारण सृजना गर्न सकेमा विद्यार्थीहरुलाई सिकाइ प्रति उत्प्रेरित गराउन सकिन्छ । तसर्थ विद्यालयीय विकासकाेलागि जिम्मेवार निकायहरुले प्रविधिकाे विकासमा ध्यान दिन जरुरी छ । विद्यालयमा उपलब्ध प्रविधिलाई कक्षाकाेठा सम्म पुर्याउने दायित्व विद्यालय प्रशासककाे हाे । प्रत्येक शिक्षकलाई प्रविधिमा दक्ष बनाइ अनिवार्य प्रविधि मैत्रि शिक्षणकाे सुनिष्चितता गर्नु नै अहिलेकाे प्रमुख आवश्यकता हाे ।
गाेविन्द भट्टराई
शिक्षक 
हाेमराज लाेहनी शारदा शिक्षा सदन माध्यमिक विद्यालय
भानु २ तनहुँ

 

Post a Comment

[blogger]

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget