शैक्षिक सुधारमा समर्पित व्लग

 


दवावले उर्जाशील शिक्षक उत्पादन हुँदैन

 


मानिस स्वभावैले कुनै पनि कार्यकाे प्रतिफलकाे अपेक्षा गर्दछ । त्याे पनि तत्काल । अर्थात् कुनै पनि कार्यकाे समापनहुँदा नहुँदै यसकाे उपलव्धीकाे चर्चा परिचर्चा हुने गर्दछ । याे स्वभाविकै पनि हाे । तर कुनै पनि कार्यकाे प्रतिफल खाेज्दा त्यसकार्यका जटिलता र अत्यावस्यकिय साधन र स्राेतकाे उपलब्धताकाे अवस्थाकाे मनन गर्न जरुरी हुन्छ । 
हाल आएर नेपालमा विद्यालयिय शिक्षाकाे वारेमा सवैकाे चिन्ता र चासाे बढ्दै गएकाे पाइन्छ । विद्यमान शैक्षिक प्रशासन र प्रणालीमा  सुधार गरी समग्र विद्यालयिय शिक्षालाई सुधारकाे बाटाे तर्फ डाेहाेर्याउँदै लैजाने हाे नकि कुनै एक पक्षलाई मात्र कमजाेरीकाे भागेदार बनाएर बारम्वार दवाम मा राख्ने । 
झट्ट हेर्दा शैक्षिक उपलब्धी हासिल गराउनका लागि अैापचारिक रुपमा सञ्चालन गरिने शिक्षणकाे जिम्मा शिक्षकमा देखिन्छ । हाे याे यथार्थ हाे शिक्षकले प्रभावकारी शिक्षण गरेमा पक्कै पनि शैक्षिक सुधार हुन्छ । तर शिक्षणलाई प्रभावकारी बनाउनका लागि शिक्षकलाई सम्पूर्ण सराेकारवालाहरुकाे साथ र सहयाेग चाहिन्छ । तर विडम्वना शिक्षकलाई हरेक कुरामा दवावमा राख्ने गरिन्छ । यहि दवावका कारण शिक्षकहरुकाे काम अपेक्षाकृत रुपमा हुन सकिरहेकाे छैन र जसले गर्दा विद्यालयिय शिक्षा ओरालाे लाग्दाे अवस्थाबाट गुज्रीरहेकाे छ ।
शिक्षक याेग्य दक्ष लगनशील र पेसा प्रति उत्तरदायी हुनु पर्दछ । यसमा कुनै श‌ंका छैन । तर शिक्षकलाई लगनशील भएर आफ्नाे पेसा प्रति समर्पित गराउनका लागि सकारात्मक वातावरण निर्माणमा ध्यान दिनु आवश्यक देखिन्छ । 
शिक्षक सक्षमता प्रारुप बमाेजिमका सक्षमताहरु शिक्षकले पुरा गर्नु पर्दछ तर उक्त कार्य गर्नका लागि शिक्षकलाई दवाव हैन प्राेत्साहित गर्नु पर्दछ । पछिल्लाे समयमा शिक्षकमाथि धेरै नै दवाव बढ्दै गइरहेकाे छ । सकारात्मकताका लागि दवाव जरुरी हाेला तर अवस्थाकाे विश्लेषण नै नगरी अनाधिकृत ढंगबाट दिइने दवावले सकारात्मक तथा प्रगतिशिल प्रतिफल प्राप्त हुँदैन । 
कक्षा शिक्षण तथा विषय शिक्षणकाे मुख्य जिम्मेवारी शिक्षककाे हाे । तर शिक्षक एक्लैले अहिलेकाे विद्यमान अवस्थामा सुधार ल्याउन सक्दैनन् । सिकाइका लागि विद्यालय शिक्षक विद्यार्थी र अभिभावक प्रतक्षरुपमा सम्वन्धित हुने गर्दछन् । विद्यार्थीहरुलाई सिकाइका लागि सदैव अग्रसर हुन उत्प्रेरित गराउने कार्य सवैकाे हाे । आआफ्नाे भूमिका निर्वाह गर्नु पर्दछ । विद्यालयले शिक्षकले अभिभावकले अनि समुदायले यसमा चासाे दिइ आफ्नाे जिम्मेवारी वहन गर्नु पर्दछ । सकारात्मक वातावरण निर्माण गरी सवैकाे एैक्यवद्धता भएमा मात्र  सिकाइ प्रकृयालाई प्रगतिशिल पथमा डाेहाेर्याउन सहज हुन्छ जसका लागि विद्यालय शिक्षक अभिभावक र समुदाय विच सुमधुर सम्वन्ध स्थापित हुनै पर्दछ । सुमधुर सम्वन्धकाे अभावमा अवस्था राम्राे हुँदैन । एक अर्कामा शंका उपशंका काे वातावरण निर्माण भयाे भने एक ले अर्काेलाई दाेषाराेपण गर्ने र आफ्नाे कार्यकाे सम्पादन राम्ररी नगर्ने अवस्था सृजना हुन सक्छ । यदि यसाे भयाे भने शैक्षिक प्रगति हैन अवनतिकाे मार्ग प्रशस्त हुन पुग्दछ । 
शिक्षक पेसा एक महान पेसा हाे जसले आफू मैन बत्ति जस्ताे बलेर विद्यार्थीहरुलाई जीवनकाे सफलताकाे लागि शिक्षाकाे माध्यमबाट मार्गनिर्देश गर्ने कार्य गर्दछ । एउटा माझी ले आफू जीवनभरी नदि  किनार कुरेर यात्रीहरुलाई नदि पार गराए झैं एउटा शिक्षकले विद्यार्थीहरुलाई  आवश्यक पर्ने ज्ञान सीप र अभिवृत्ति प्रदान गरी जीवनलाई सरल सहज र सफल बनाउनकालागि निरन्तर याेगदान गरीरहेका हुन्छन् । शिक्षककाे कार्यकुशलता लगनशीलता र कर्तव्यनिष्ठतामा नै सिकाइका अपेक्षित उपलब्धीहरु निर्भर हुने गर्दछ ।  तसर्थ शिक्षकलाई थप उर्जाशील बनाइ सिकाइका लागि प्राेत्साहित गर्नु पर्दछ । 
शिक्षक कुनै राजनैतिक दलका सदस्य हुँदैनन् र हुनुहँदैन । पेशागत हक हितका लागि कुनै पेसागत सँघ संगठनमा आवद्ध हुनु उनकाे अधिकार हाे । कुन सँघ संस्थामा आवद्ध हुने भन्ने कुरा उनकाे वैयक्तिक अधिकार हाे यसमा कसैले हस्तक्षेप गर्नु हुँदैन र यसका आधारमा आग्रह पूर्वाग्रह हुनुहुन्न । 
शिक्षाकाे माध्यमबाट समाजमा चेतना फैलाउने कार्य शिक्षककाे हाे । उनी आफ्नाे कर्तव्य र जिम्मेवारीका लागि सदैव लागि पर्दछन् र पर्नुपर्छ । आफ्नाे कर्तव्य पालना गर्ने क्रममा कुनै त्रुटि भएमा याे प्रति सचेत गराउनु पर्दछ किनकि कार्यका दाैरान मानविय कमजाेरी जाे काेहिकाे पनि हुन सक्दछ । हरेक कार्यलाई सकारात्मक ढंगबाट हेरियाे भने पक्कै पनि कुनै समस्या सृजना हुँदैन । तर पुर्वाग्रह राखेर तीललाई पहाड बनाउने कार्य गरियाे भने यसले सवैलाई वेफाइदा गर्दछ । 
उर्जाशील शिक्षक निर्माणकाे पहिलाे दायित्व विद्यालय (प्रधानाध्यापक) काे हाे । विद्यालयले शिक्षकलाई आफ्नाे याेग्यता र क्षमता बमाेजिमकाे कार्य गर्ने अवसर प्रदान गर्नु पर्दछ । विद्यालयकाे नीति नियममा आवद्ध भइ स्वतन्त्रता पूर्वक कार्य गर्ने वातावरण निर्माण गर्नु पर्दछ । शिक्षकलाई रवाफ प्रभाव र दवावका आधारमा हैन याेग्यता क्षमता र निष्ठाका आधारमा जिम्मेवारी दिने परिपाटीकाे स्थापना भएमा शिक्षक आफ्नाे पदीय दायित्वप्रति जिम्मेवार हुन्छन् र विद्यालय प्रति उनकाे अपनत्व बढेर जान्छ अनि अपनत्वले कार्यप्रति थप क्रियाशील हुन उर्जा प्रदान गर्दछ ।
कार्यकाे मुल्याङ्कन र मार्गनिर्देशनले अझ शिक्षकलाई अद्यावधिक भइ कार्यमा लाग्नका लागि हाैसला मिल्दछ । हरेक शैक्षिक कार्यक्रम तर्जुमा र यसकाे कार्यान्वयनमा शिक्षककाे सहभागिता भयाे भने यसले शिक्षकलाई थप उर्जा मिल्दछ । विद्यालयले शिक्षकलाई अवसर प्रदान नगरी वेवास्ता गरी कार्य गर्न वाध्य बनाएमा कार्य त सम्पन्न हाेला तर यसकाे उपलब्धी अपेक्षाकृत नहुन पनि सक्दछ । त्यसैले शिक्षक विद्यालयका सारथी हुन् । उनीहरु विद्यालय प्रति उत्तरदायि हुने गर्दछन् र हरेक विद्यालयिय समस्या समाधानका लागि संवेदनशील हुन्छन् भन्ने कुरा विद्यालयले विर्षन हुँदैन ।
विद्यालयहरुमा राजा महाराजाहरुले झैं आदेश दिएर कार्य गर्न लगाइयाे अनि शिक्षककाे काम काे मूल्याङ्कन नै नगरी शिक्षकले कुनै काम नै गरेकाे छैन भनेर आराेप लगाएर दवावमा काम गर्न लगाइयाे भने कार्य सम्पादन राम्ररी हुन सक्दैन । 
शिक्षकका हक  हितका विषयमा शिक्षकले आवाज उठाउनु स्वभाविकै हाे । उचित हककाे संरक्षण हुनु पर्दछ । शिक्षकले नाजायज माग राख्नु हुँदैन । विद्यालयिय हितमा उठेका आवाजहरुलाई दवाव दिएर निमिट्यान्न पार्ने प्रयास विद्यालयले कदापि गर्न हुँदैन । शिक्षकलाई ताेकिएकाे भन्दा वढि कार्य विद्यालयले लगाउँछ भने उसलाई उक्त कार्य वापतकाे सेवा सुविधा प्रदान गर्ने उदारता विद्यालयले देखाउने हिम्मत गर्नु पर्दछ । विद्यालयले संरक्षकत्वकाे भूमिका अवलम्वन गर्ने हाे भने पक्कै पनि शिक्षकहरु थप उर्जाशील भएर शैक्षिक उन्नयनका लागि  शैक्षिक  याेजनाकाे कार्यान्वयनका लागि कम्मर कसेर लाग्दछन् । कम्मर कसेर लाग्ने वातावरण निर्माण गर्ने कार्य विद्यालयकाे हाे ।
अपेक्षाकृत उपलब्धी हासिल गर्न विद्यालय प्रयत्नशील हुनु पर्दछ । एउटै कक्षामा अध्ययन गर्ने विद्यार्थीहरुले वैयक्तिक विभिन्नताका कारण समान रुपमा शैक्षिक उपलब्धी हासिल गर्न सक्दैनन् । यस्ता किसिमका विद्यार्थीहरुलाई विद्यालयले अतिरिक्त कक्षाकाे व्यवस्थापन गरेर थप अध्ययन गर्ने अवसर प्रदान गर्नु पर्दछ । सल्लाह र सहमतिमा यस्ता कार्यक्रमकाे निर्माण गरी कार्यान्वयन गर्नु पर्दछ । यसमा शिक्षक तथा अभिभावकले साथ र सहयाेग गर्नु पर्दछ । विद्यालयले १० बजे देखि ४ बजेसम्म मात्र पढाउनु पर्छ अन्य किसिमका कुनै कक्षाहरु सञ्चालन गर्न पाइदैन भनेर दवाव सृजना गर्नु भनेकाे आफ्नै बच्चाका आवश्यकता पुरा नहुनु हाे भन्ने कुराकाे हेक्का हामीले राख्नु पर्दछ ।
बेला बेलामा शिक्षा हेर्ने अधिकारी हरुबाट सिकाइका कमजाेरीका लागि मात्र शिक्षकमाथि प्रहार हुने गरेका घटनाहरु बढ्दै गएका छन् । शिक्षा मन्त्री बाट पनि हालै यस्तै अभिव्यक्ति आएकाे पाइयाे कि राम्ररी पढाउ कि जागिर छाेड । यस्ता किसिमका चेतावनीले मात्र सिकाइमा सुधार हुँदैन । सिकाइलाई चुस्त र दुरुस्त पार्न चेतावनी हाेइन किनकि शिक्षक आफैंमा सचेत प्राणी हाे उसलाई आफ्नाे कर्तव्य र जिम्मेवारीकाे जानकारी हुन्छ र छ, मात्र सकारात्मक वातावरण र प्राेत्साहनकाे खाँचाे छ । 

Post a Comment

[blogger]

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget