शैक्षिक सुधारमा समर्पित व्लग

 


नकरात्मकताको साम्राज्य

 


प्राणी मध्येकाे सर्वश्रेष्ठ प्राणी भनेर मानिसलाइ बुझ्ने गरिन्छ । सायद मानिसमा भएकाे नैतिकता निष्ठा र लगनशिलतालाइ मध्यनजर गरेर यी र यस्ता गुणहरुकाे माध्यमबाट जीवनका जटिलतासँग पाैखेजाेरी खेल्दै हरेक विषमताकाे जहाजलाई सहज अवतरण गर्न सक्ने खुवीलाइ आँकेर यसाे भनिएकाे हाे भने पक्कै पनि यसलाइ यथार्थ मान्न सकिन्छ । तर व्यक्तिगत स्वार्थमा लिन भएर अर्काकाे अवनतीका लागि हर समय नकारात्मक आक्षेप लगाइ आफु माथि पुगिन्छ भनेर जस्ताे सुकै हर्कत गर्न सक्ने कुदृष्टिका आधारमा प्राप्त गरेकाे चातुर्यताले पाएकाे क्षणिक सफलतालाई आधार मानिन्छ भने त्याे समग्र मानव जगतकै लागि दुर्भाग्यपूर्ण हुन्छ ।
भ्रम सृजना गर्न केहि चाहिँदैन मात्र नकारात्मक साेच भए पुग्छ । झुटकाे खेती अल्पकालीन रुपमा माैलाउला तर एक दिन अवस्य सत्यकाे जीत हुन्छ । इतिहासका पाना पल्टाएर हेर्याे भने पनि हर क्षेत्रमा यस्ता किसिमका घटनाहरु देख्न सकिन्छ ।
अहिलेकाे मानिस सहजै अरुलाई जुनसुकै विषयमा आक्षेप लगाएर आफु उन्नतीकाे शिखर चुम्ने सपना सजाउन पुग्छ । जहाँ हेर्याे त्यहि याे दृष्य देख्न सकिन्छ । कार्यालयमा गयाे कर्मचारीकाे हाकिममाथि आक्षेप समाजमा अगुवा माथि आक्षेप विद्यालयमा प्रधानाध्यापक माथि आक्षेप राष्ट्रमा कार्यकारी माथि आक्षेप । जहाँ हेर्याे त्यहि आक्षेप ।
यत्रतत्र सर्वत्र खडेरी छ । समाजमा मेलमिलापकाे खडेरी, परिवारमा सहयाेग सद्भावकाे खडेरी, साथीहरुमा मित्रवत् व्यवहारकाे खडेरी, मालिकमा करुणा र दयाकाे खडेरी, हाकिममा सदासयता र समभावकाे खडेरी, सहकर्मीमा सहयाेग र सद्भावकाे खडेरी । अझ भनाै हरेक सम्वन्धमा विश्वासकाे खडेरी बढ्दै जाँदा समाजमा आक्षेपकाे मूल फुट्न थालेकाे छ । 
कार्यमा त्रुटि हुँदा र उक्त त्रुटिलाई सच्याएर जाने इच्छाशक्ति नहुँदा अस‌‌न्तुष्टि बढ्छ र मानिस त्यसकाे विरुद्दमा लाग्दछ । सामाजिक न्यायका खातिर, एउटा सिष्टमकाे स्थापनाका खातिर, समग्र समूहकाे हक र समुन्नतीका खातिर त्यस्ता किसिमका त्रुटिलाई जरैबाट उखेलेर फल्नु जरुरी छ । तर एउटा आक्षेपका आधारमा काेहि माथि नाजायज रुपमा चरित्रहत्या गर्नका लागि जाल बुनिन्छ भने यसबाट कसैलाई वेफाइदा हुँदैन यदि हुन्छ भने त्यसैलाई हुन्छ जसले जाल बुनेकाे हाे ।
हरेक व्यक्तिकाे आआफ्नाे कर्तव्य र दायित्व हुन्छ । आफ्नाे आचारस‌ंहिताकाे पालन गर्नु पर्दछ । घर परिवारमा समाजमा संघसँस्थामा कार्यालयमा । अझ सार्वजनिक पद धारण गरेकाे व्यक्तिका लागि त झनै आचारसंहिताकाे पालनाले उसकाे सार्वजनिक जीवनमा ठुलाे भूमिका निर्वाह गर्दछ । त्यसैले पद अनुसारकाे आचरण अपरिहार्य छ । सार्वजनिक पद धारण गरेका व्यक्तिकाे हर कृयाकलापमा सार्वजनिक चासाे हुनु स्वभाविकै हाे । यसमा काेहि कसैले चासाे व्यक्त गर्दैमा हठात प्रतिकृया दिन आवश्यक छैन । सार्वजनिक चासाेका विषयमा पारदर्शी ढंगबाट सालिनतापूर्वक आफ्ना कुराहरु राख्न कसैले पनि राेक्दैन र राेक्नु पनि हुँदैन । काेहि कसैलाई आक्षेप लगाउनु हुँदैन । गाली गलाैज गर्नु हुँदैन अनि अनावश्यक रुपमा घाेचपेच गर्नु हुँदैन । 
कुनै पनि सिष्टमलाई सुचारु गर्ने क्रममा कानुनी आधार र दायरा भित्र रहेर गर्ने हाे तर यसकाे व्यवहारिक पाटाे पनि सँगसँगै आउने गर्दछ । आन्तरिक जटिलताहरुलाई व्यवहारिक रुपमा हल गर्नु राम्राे हुन्छ । जसका लागि सर्वसहमति पहिलाे सर्त हाे । सर्वसहमतिका लागि मित्रवत् व्यवहार आवश्यक हुन्छ । सकारात्मक साेच, समभाव सहिष्णुता र समन्वयले पक्कै पनि हरेक जटिलताकाे समाधान निकाल्न सक्दछ ।
आन्तरिक कलह बढिरहँदा, एकले अर्कालाई आक्षेप लगाइ आफु सकलाे पल्टिन खाेजीरहँदा अर्कालाई ताकेकाे तीर आफैं तर्फ नफर्केला भन्न पनि नसकिएला । तसर्थ सवैले आआफ्नाे अस्तित्व पद र जिम्मेवारीलाई स्वीकार गरी पद अनुसारकाे आचरण गर्नु पर्दछ । अर्कालाई नराम्राे बनाएर आफू राम्राे बन्न कहिले पनि सकिदैन । आफू राम्राे बन्न आफूले राम्राे उदाहरणिय काम गर्ने हाे । 
काेहि एक्लैले सवै काम गर्न सक्ने कुरै भएन । कामकाे सफलताका लागि हरेक पाटा र पक्षकाे आआफ्नै भूमिका हुने गर्दछ । हाेला कसैकाे भूमिका धेरै हुन सक्ला यसमा कुनै शंका नहाेला तर काेहि कसैकाे याेगदान नै छैन भन्नु उपयुक्त नहाेला । थाेरै याेगदान गरेकाेले धेरै गरेकाे छु भन्न नमिल्ला अनि धेरै गरेकाेलाई हाेइन भनेर अस्विकार गर्न पनि नमिल्ला । 
कार्य सम्पन्न गर्नु एक जटिल कार्य हाे तर यसकाे आलाेचना गर्न सहज हुन्छ । आलाेचकले आलाेचनाका लागि आलाेचना हाेइन सुधारका लागि आलाेचना गर्ने हाे । वास्तविकताकाे धरातलमा बसेर गर्ने हाे न कि मनगणन्ते आराेप लगाएर । व्यक्तिगत वा गुटगत फाइदाका लागि काेहि कसैलाई एक्ल्याउने काम हुन्छ भने आराेपित गर्ने कार्य हुन्छ भने  त्याे अत्यान्तै घातक हुन्छ । यसले व्यक्तिलाई नकारत्मक बनाउँदछ र  नकारात्मकताले राज गर्दछ । अनि  त्यस्ताे राज्यमा  आपसी सद्भाव, साथ सहयाेग, समन्वय र सहमति हुँदैन हुन्छ त केवल रिस, राग, द्वेस अनि अहंकार, जसले विकास हैन विनाश निम्त्याउँदछ ।

Post a Comment

[blogger]

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget