शैक्षिक सुधारमा समर्पित व्लग

 


शिक्षा संकट न्यूनीकरणका उपाय

 


विद्यालयमा विद्यमान  सिकाइ संकटकाे न्यूनीकरणमा तत्काल नलाग्ने हाे भने अवस्था गम्भिर बन्ने थुप्रै आधारहरु खडा भइरहेका छन् । सामुदायिक विद्यालयकाे  शैक्षिक स्तर ओरालाे लाग्दाे छ । यदि याे अवस्थालाइ वेवास्ता गरेर अगाडि बढ्ने हाे भने हाम्रा सामुदायिक विद्यालयकाे पहिचान नै गुम्ने खतरा छ । याे विषयमा प्रत्येक विद्यालय गम्भिर हुन जरुरी छ । खासगरी विद्यालय प्रशासक याे विषयमा गम्भिर भएर प्रस्तुत हुनु पर्दछ किनभने ठाेस याेजना निर्माण र यसकाे सफल कार्यान्वयन एउटा प्रशासककाे तत्परता इच्छाशक्ति र कार्यकुशलतामा भर पर्दछ ।
प्रथमत विद्यालयमा व्याप्त सिकाइ संकट सवै पक्षबाट स्वीकार गरिनु पर्दछ । याे संकट आउनमा कुनै एक पक्षकाे मात्र दाेष वा कमजाेरी नभएकाे र निराकरणका लागि पनि कुनै एक पक्षबाट मात्र संभव नहुने यथार्थलाइ सवैले आत्मसात गर्नु पर्दछ । एकले अर्काेलाई दाेषाराेपण गरेर आफू सकलाे बन्न खाेज्नु पानी माथिकाे ओभानाे हुन खाेज्नु मात्र हाे । यसले समस्याकाे समाधान गर्दैन बरु झन् समस्यालाई जटिल बनाउँदछ । तसर्थ विद्यालयसँग प्रतक्ष सराेकार राख्ने सम्पूर्ण  सराेकारवालाहरुले एकिकृत रुपमा उपचारात्मक कार्यलाई अगाडी बढाउनु पर्दछ । विद्यालयले यसकाे वारेमा अभिभावकहरुलाई जानकारी गराइ छलफलकाे माध्यमबाट समस्या समाधानका लागि साथ र सहयाेग गर्ने वातावरण निर्माण गर्नु पर्दछ । अभिभावकहरु पनि आफ्ना नानीबाबुहरुकाे सिकाइ स्तराेन्नतिका लागि जिम्मेवारी वहन गर्न तत्पर हुन पर्दछ ।
विद्यालय समुदाय शिक्षक र अभिभावक विच समन्वय विना शैक्षिक कार्ययाेजना निर्माण र कार्यान्वयनमा कठिनाइ हुने भएकाेले विद्यालयले यी सम्वद्ध सवै पक्षसँग सुमधुर सम्वन्ध स्थापित गर्नु पर्दछ । विद्यालय समुदाय विच सुसम्वन्ध स्थापना गर्नका लागि हरेक विद्यालयले आफ्ना विद्यालयीय गतिविधीहरुलाई पारदर्शी बनाउनु पर्दछ । 
सम्वन्धित कक्षामा प्राप्त गर्नु पर्ने  सिकाइ उपलब्धी  प्राप्त नगरी उपल्लाे कक्षामा कक्षाेन्नति भएका कारण अपेक्षाकृत गतिमा  सिकाइ हुन नसकेकाे यथार्थलाई स्वीकार गरी साेहि कक्षामा अपेक्षाकृत उपलब्धिकाे सुनिश्चितता कायम गर्नु याे समस्याकाे समाधान हुन सक्दछ । तसर्थ हरेक कक्षाका प्रत्येक विषय अध्यापनमा उपयुक्त सिकाइ वातावरण निर्माण गर्नु पर्दछ । प्रत्येक कक्षाका विद्यार्थीहरुकाे विषयगत कठिनाइ कम गर्नका लागि विद्यालयले सिकाइकाे तयारीमा आधारित भएर अतिरिक्त कक्षा संचालन गर्नु पर्दछ ताकि साे कक्षामा सिकाइ गर्नका लागि आवश्यक ज्ञान विद्यार्थीहरुमा प्राप्त हाेस् र सम्वन्धित तहकाे सिकाइ उपलब्धि प्राप्त गर्न सहज हाेस् । जसका लागि शैक्षिक सत्रकाे शुरुवात मै प्रत्येक कक्षामा कम्तिमा १५ दिन सम्वन्धित कक्षालाई आवश्यक पर्ने ज्ञान सीप र अभिवृत्तिमा आधारित विशेष तयारी कक्षाहरु विद्यालय स्वयंले सञ्चालनमा ल्याउनु श्रेयष्कर हुन्छ । प्रत्येक वैसाख २ गतेबाट नै अनिवार्यरुपमा तयारी कक्षा सञ्चालन गरी भर्ना अवधिभर पूर्णरुपमा आवश्यकतामा आधारित भएर शिक्षण गर्न सकिए यसले सम्वन्धित तहकाे सिकाइमा केहि सहजता अवश्य ल्याउँदछ । याे अवस्थामा कक्षा सञ्चालन र विद्यार्थी भर्ना सँगसँगै हुने भएकाेले अभिभावकहरुले पनि समयमै आफ्ना नानीबाबुहरुकाे भर्ना गरेर २ गते बाट नै उनीहरुलाई अतिरिक्त कक्षामा सहभागी गराउनु पर्दछ । विभिन्न जटिलताका कारण भर्ना गर्न असमर्थ अभिभावकहरुकाे लागि समय सीमा ताेकि शुरुकै दिनबाट नानीबाबुहरुलाई कक्षामा सम्मिलित गराउने वातावरण विद्यालयले निर्माण गर्नु पर्दछ ।

आधा महिनाकाे अतिरिक्त तयारी कक्षाले पक्कै पनि सिकाइका लागि सहज वातावरण निर्माण गर्दछ तर विशेष जटिलता भएका विषयहरुमा अपुग पनि हुन सक्दछ । तसर्थ त्यस्ता किसिमका जटिलता भएका विषयहरुका लागि अभिभावककाे सहभागितामा थप १ महिनाकाे अतिरिक्त तयारी कक्षा सञ्चालन गर्नु श्रेयष्कर हुन्छ । यसरी अतिरिक्त कक्षा सञ्चलन गर्नका लागि विद्यालयलाई पर्न जाने व्ययभारकाे व्यवस्थापन नेपाल सरकार का विभिन्न युनिट तथा गैह्र सरकारी सँघ संस्था तथा सामुदायिक सरसहयाेग बाट मिलाउन सकिन्छ ।

नेपाल सरकारका विभिन्न युनिटहरुबाट सामुदायिक विद्यालयहरुलाइ भाैतिक व्यवस्थापनका लागि वजेट विनियाेजन हुँदै आएकाे छ । तर खासै शैक्षिक गुणस्तर अभिवृद्धि अभियानका लागि विनियाेजन गरिएकाे पाईंदैन । तसर्थ आवश्यकताका आधारमा स्थलगत अध्ययन गरी आर्थिक सहयाेग हुनु पर्दछ । भाैतिक सुविधा भएका विद्यालयहरुमा पुन भाैतिक संरचना थप्नु भन्दा गुणात्मक सिकाइ अभियानका लागि वजेट विनियाेजन गर्नु उपयुक्त हाेला । स्थानीय सरकारहरुले विदाकाे समयमा विद्यालय सञ्चालन गरे वापत कहिँ कहिँ केहि सानाे रकम विद्यालयहरुलाई विनियाेजन गरेकाे पनि पाइन्छ । विदाकाे समयमा पनि कक्षा संचालन हुनु राम्राे कुरा हाे । यसले शैक्षिक गुणस्तर अभिवृद्धि गर्नका लागि टेवा पुर्याउँदछ । तर विद्यालय खुलेर मात्र पुग्छ भन्ने हाेइन । कक्षाकाेठाकाे सिकाइ प्रकृया प्रभावकारी हुनु पर्दछ । तसर्थ विद्यालयले शैक्षिक अभिवृद्धिका लागि   ठाेस कार्ययाेजना बनाइ पेस गरेकाे प्रस्तावनाकाे आधारमा कार्यक्रमकाे सान्दर्भिकता हेरी वजेट विनियाेजन भयाे भने पक्कै पनि विद्यालयमा देखा परेकाे सिकाइ संकटकाे निराकरण गर्न सकिन्छ ।  
गाेविन्द भट्टराई
शिक्षक 
हाेमराज लाेहनी शारदा शिक्षा सदन माध्यमिक विद्यालय
भानु २ तनहुँ ।

Post a Comment

[blogger]

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget